Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीका मासु पसलमा सडेगलेका मासु, पूर्व अध्यक्षको पसलमा शिल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका मासु पसलमा सडेगलेका मासु, पूर्व अध्यक्षको पसलमा शिल

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0
रुपन्देहीका मासु पसलमा सडेगलेका मासु, पूर्व अध्यक्षको पसलमा शिल
90
SHARES
ShareTweet

बुटवल ७ कार्तिक

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बिहिबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को हाटबजार लाइनमा रहेका मासु पसलको अनुगमन गरिएको हो । अनुगमन समिति संयोजक एवं सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले नगरभित्रका १२ वटा मासु पसलको अनुगमन गर्दा एक क्विन्टल बढी सडेगलेको मासु भेटिएपछि बरामद गरी नष्ट गरिएको बताउनु भयो ।

‘व्यवसायीले जनस्वास्थ्यमाथि निकै खेलवाड गरेको पाइयो । महिनौंदेखि सडेको मासु विक्रीका लागि राखेको पाइएपछि हामीले बरामद गरेर नष्ट गरेका छौं । व्यवसायीलाई सचेत गराएका छौं’, उहाँले भन्नु भयो । नगरपालिकाको अनुगमन समितिले बुधबार पनि वडानम्बर ५ र ६ मा रहेका खाद्यान्न पसल, किराना पसल तथा होटल र मिठाई पसलमा अनुगमन गरेको थियो । अनुगमनमा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएपछि जफत गरी नष्ट गरिएको थियो ।

अनुगमनका क्रममा पसलेले विक्रीका लागि राखेको करिब एक क्विन्टल खशी, बोका र बाख्रीको मासु बरामद गरि नष्ट गरिएको हो । सिनपा–७, जनकपथमा रहेको न्यू सुपर मासु पसलबाट मात्रै ८० केजी बढी बाख्रीको सडेगलेको मासु बरामद गरिएको छ । सोही पसलबाट ८ वटा बाख्री पनि नियन्त्रणमा लिइएको छ । उक्त पसल नगरपालिकाबाट अर्को निर्देशन नहुँदासम्म संचालनमा रोक लगाइएको सापकोटाले जानकारी दिनु भयो । ‘उपभोक्तालाई जानकारी नै नदिई न्यू सुपर मासु पसलका संचालकले बाख्रीको मासु विक्री गरेको पाइयो । महिनौं पुरानोे सडेगलेको मासु पनि भेटियो । त्यसपछि बाख्री र सडेको मासु बरामद गरेका हौं’, अनुगमन समिति सदस्य एवं उपभोक्ता मंच नेपालकी कार्यबाहक अध्यक्ष भगवती भण्डारीले भन्नु भयो ।

उक्त पसलमा गत वर्ष पनि करिब डेढ क्विन्टल सडेको मासु नगरपालिकाको अनुगमन समितिले बरामद गरी नष्ट गरेको थियो । ‘पटक–पटक एउटै पसलले जनस्वास्थ्य माथि खेलाँची गरेपछि कारबाही गरेर पसल नै बन्द गर्न निर्देशन दिएका हौं’, भण्डारीले भन्नु भयो । यो पसल मासु व्यवसायी संघ, सिद्धार्थनगरका पूर्व अध्यक्ष जाकिर हुसैनको हो । ‘नगरपालिकाले धेरैपटक सचेत गराउँदा समेत पूर्वअध्यक्षकै पसलमा सडेगलेको मासु र बाख्रीको मासु उपभोक्तालाई विना जानकारी बेचविखन गर्नु कानूनको उपहास हो’, संयोजक सापकोटाले भन्नु भयो ।

यस्तै, अनुगमन समितिले वडानम्बर १३ मा रहेको सोनु मासु पसलबाट पनि १० किलो सडेगलेको खशीबोकाको मासु बरामद गरेको छ । वडानम्बर ८ मा रहेको कुरैशी मासु पसल र भैरहवा फ्रेस हाउसबाटबाट पनि सडेगलेको मासु बरामद गरेको छ । यस्तै, अनुगमनका क्रममा केही मासु पसल दर्ता विनै संचालन गरिएको, दर्ता नवीकरण नगरिएको, सरसफाई नगरिएको, कुखुरा र खशीबोकाको मासु एउटै फ्रिजमा राखिएको पाइएपछि त्यसलाई तत्काल सुधार्न निर्देशन दिइएको छ ।

समितिले वडानम्बर १३ मा रहेको ताज मासु पसल, कुरैशी मिट सप, सोफिया फ्रेस हाउस, माहिरा फ्रेस हाउस, न्यू खान मासु पसल, न्यू मनकामना फ्रेस हाउस, खान फ्रेस हाउस, अमिर एण्ड कुरैशी मासु पसलमा अनुगमन गरेको थियो । अनुगमनमा भेटेनरी चिकित्सक ईश्वरचन्द्र चौधरी, जिल्ला प्रशासनबाट पुरुषोत्तम नेपाल, बाणिज्य कार्यालयबाट नारायण पन्थी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट शिखर आचार्य, उद्योग ब्यापार संगठनका बरिष्ठ उपाध्यक्ष गिरिषचन्द्र त्रिपाठी, सिद्धार्थ उद्योेग बाणिज्य संघका सदस्य मंगल भण्डारी, नेपाल प्रहरी लगायतको सहभागिता थियो ।

≪ Previous Post

रुपन्देहीको मणिग्राम–काठमाडौं एसी बस सुरु

Next Post ≫

महेन्द्र इलेक्ट्रिक ब्राण्डको गाडी रुपन्देहीमा बिक्री शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क