Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको मणिग्राम–काठमाडौं एसी बस सुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको मणिग्राम–काठमाडौं एसी बस सुरु

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0
रुपन्देहीको मणिग्राम–काठमाडौं एसी बस सुरु
50
SHARES
ShareTweet


बुटवल ७ कात्तिक
पश्चिम नेपाल बस व्यवसायी प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम–काठमाडौँ एसी (वातानुकूलित) बस सेवा सुरु गरेको छ ।
तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनका क्रममा यायायात क्षेत्रलाई पनि समृद्धिको आधार ठानेको र यस क्षेत्रका यात्रुहरुले बुटवल तथा भैरहवाबाट टिकट काटेर यात्रा गर्दा असहज हुने अवस्था देखिंदै आएकाले मणिग्राम–काठमाडौं एसी बससेवा सञ्चालन गरिएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले जानकारी दिनु भयो । उहाँले तिलोत्तमाले प्रस्तावित गरेको प्रादेशिक बसपार्क क्षेत्र टिकुलीगढबाट समेत आगामी दिनमा तीनवटा बस सञ्चालन गर्ने योजना रहेको पनि बताउनु भयोे ।
बसमा फ्रि वाइफाइ, खाजा, पानी लगायतको समेत व्यवस्था छ । अव हरेक दिन काठमाडौंका लागि मणिग्रामबाट साँझ ७ बजे र काठमाडौंबाट मणिग्रामका लागि राति ८ बजे बस छुट्ने छ । “लामो यात्रामा यात्रुलाई समस्या भएपछि मणिग्रामबाट पनि एसी बस सञ्चालन गरेका हौँ”–अध्यक्ष खरेलले भन्नु भयो । उहाँले तिलोत्तमाले लगानी सम्मेलन मार्फत लगानीका लागि आह्वान गरेकाले आफूहरुले पनि तिलोत्तमालाई केन्द्रित गर्दै यातायात क्षेत्रमा लगानी गरेको बताउनु भयो ।
उक्त एसी बसेको यातायात व्यवस्था कार्यालय लुम्बिनीका प्रमुख मुक्ति प्रसाद पाण्डेले एक समारोहका बीच उदघाटन गर्नु भएको हो ।
मणिग्रामबाट काठमाडौँको भाडा प्रतियात्रु रु १ हजार तोकिएको छ । बसमा तीनजना सुत्न मिल्ने गरी शिलिपर सिटको समेत व्यवस्था छ । उक्त सिटको भाडा प्रतियात्रु १ हजार ५ सय तोकिएको छ ।

सुविधा जनक सिट र शिलिपर सहितको रकेट एसी बसको सेवा शुभारम्भ गर्दै यातायात व्यवस्था कार्यालयका प्रमुख पाण्डेले यस क्षेत्रका यात्रुलाई सहज सेवा प्रदान गर्ने गरी पश्चिम नेपाल बस व्यवसायी प्रालिले गरेको कार्य अनुकरणीय रहेको बताउनु भयो । लामो समयदेखि ग्रामीण क्षेत्रका कच्ची सडकहरुमा समेत यातायात सवा सञ्चालन गरेर पश्चिम नेपालले बिगतदेखि यात्रुलाई सेवा प्रदान गरिरहेको भन्दै यातायात क्षेत्रको व्यवस्थापनमा प्रलिसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
त्यस अवसरमा तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारीले तिलोत्तमाले प्रस्ताव गरेको प्रादेशिक बसपार्क निर्माण कार्य आगामी पाँच वर्षभित्र गरिने बताउँदै तिलोत्तमाको मध्यभागमा पर्ने मणिग्रामबाट एसी बस सेवा सञ्चालन हुनु यस क्षेत्रका यात्रुका लागि खुशीको कुरा भएको बताउनु भयो । पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक रामचन्द्र भुसालले यात्रुहरुलाई स्तरीय सेवा प्रदान गर्न प्रालि प्रतिवद्ध रहेको बताउनु भयो ।

≪ Previous Post

पर्यटकको बसाई लम्व्याउन पुर्वाधारको विकास जरुरी

Next Post ≫

रुपन्देहीका मासु पसलमा सडेगलेका मासु, पूर्व अध्यक्षको पसलमा शिल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क