Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सरकार असफल भए संवैधानिक संकट आउछ: महासचिव पौडेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकार असफल भए संवैधानिक संकट आउछ: महासचिव पौडेल

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७६ · 0
सरकार असफल भए संवैधानिक संकट आउछ: महासचिव पौडेल
80
SHARES
ShareTweet


बुटवल १७ असोज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताउनु भएको छ् । नेकपा नेतृत्वको सरकार नै असफल भए मुलुकमा संवैधानिक संकट आउने र व्यवस्था नै असफल हुने उहाँले दावी गर्नु भयो ।
नेकपा तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठ पर्वको अवसरमा शुक्रबार मणिग्राममा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव पौडेलले सरकारलाई असफल हुने छुट छैन, यो असफल भए राष्ट्रकै जीवनमा एकसाथ अनेक संकट आउँछन्, संविधान र राजनीतिक दल पनि रहने कि नरहने भन्ने प्रश्न सिर्जना हुने धारणा राख्नु भयो ।
स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढंगले परिचालित गर्ने योजना पार्टीले बताएको पनि महासचिव पौडेलको भनाइ छ ।
कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएको भन्दै उहाँले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ नरहने बताउनु भयो ।
महासचिव पौडेलले बुटवल, तिलोत्तमा र सिद्धार्थनगरलाई मेगासिटीको रुपमा विकास गरिने उल्लेख गर्दै यस क्षेत्रमा सञ्चालित विकासका ठूला आयोजनाहरु सम्पन्न भएपछि आमूल परिवर्तन आउने बताउनु भयो । “प्रदेशस्तरीय मेडिकल कलेज, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङ मार्ग, कालीगण्डकी तिनाउ डाईभर्सन जस्ता ठूला आयोजनाहरुले यस क्षेत्रको मुहारमा ठूलो परिवर्तन ल्याउँछ”–पौडेलले भन्नु भयो ।
कार्यक्रममा बोल्दै नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्माले सरकारले गरेका राम्रा कामहरुलाई जनतामाझ लैजान र गलत भएको भए खवरदारी गर्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।
नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पंक्तिमा उत्साह थपिएको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले गरेका काम कारवाहीलाई जनतामाझ लैजाने पुलको रुपमा स्थानीय कमिटीले काम गर्नुपर्नेमा जोड दिनु भयो ।
दशैं संस्तो बजारमा ७५ लाखको कारोवार

≪ Previous Post

गुल्मेली सम्पर्क समाजमा शुभकामना आदान प्रदान र सम्मान

Next Post ≫

दशैं संस्तो बजारमा ७५ लाखको कारोवार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क