Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दशैं संस्तो बजारमा ७५ लाखको कारोवार
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

दशैं संस्तो बजारमा ७५ लाखको कारोवार

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७६ · 0
दशैं संस्तो बजारमा ७५ लाखको कारोवार
60
SHARES
ShareTweet

बुटवल, १७ असोज
बुटवलमा सञ्चालित दशैं सस्तो बजार शुक्रबार सकिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा संघको कार्यालय परिषर बालमन्दिरमा यहि असोजको १२ गते घटस्थापनादेखि दशैं सस्तो बजार सञ्चालन गरिएको थियो ।
६ दिनसम्म सञ्चालित दशैं संस्तो बजारमा करिव ७५ लाख रुपैंयाको कारोवार भएको १५ हजार उपभोक्ता आएको बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा दशैं सस्तो बजार समितिका सदस्य बसन्तप्रसाद ढकालले जानकारी गराउनु भयो । १९ औं संस्करणको दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरु, खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, लोकल कुखुरा, अण्डा, टर्की जुम्लाको स्याउ, मसला, प्रेसर कुकर, नेपाली जुत्ता लगायतका ३० स्टल राखिएको थियो ।

यी सामग्रिहरुमा बस्तु अनुसार ३० प्रतिशत सम्म छुटमा बिक्रि वितरण गरिएको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेलले जानकारी गराउनु भयो । त्यस्तै नेपाल राष्ट्र बैंकको सहयोगमा दशैं सस्तो बजारमा नयाँ नोट समेत सटही गरिएको थियो । त्यस अवसरमा ९१ लाल ५० हजार रुपैंया नयाँ नोट करिव १ हजार ७ सय जनालाई वितरण गरिएको संघले जनाएको छ । नयाँ नोट सटहीकालागि ग्लोवल आईएमई बैंकले सहजिकरण गरेको थियो ।
संघले बाहिर बजारको भन्दा सुलभ मुल्यमा बिक्रि वितरण गरेकाले पनि दशैं सस्तो बजारमा उपभोक्ताको उल्लेखनीय उपस्थिती रहेको र बजारबाट उपभोक्ता सन्तुष्ट भएको दशैं सस्तो बजारका संयोजक पौडेलले जानकारी गराउनु भयो ।
उपभोक्तालाई सुलभ मुल्य र गुणस्तरीय सामान उपलब्ध गराउने व्यबस्था मिलाउने काम सरकारको भएपनि सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रबाट बुटवल उद्योग बाणिज्य संघले निरन्तर गर्दै आएको बताउँदै आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गरिने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । दशैं सस्तो बजार समापनका अवसरमा संघका अध्यक्ष खिमबहादुर हमाल, संयोजक नरिश्वर शर्मा पौडेल लगायत पदाधिकारी तथा सदस्यहरुले स्टल धनीलाई धन्वयवाद सहित प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

≪ Previous Post

सरकार असफल भए संवैधानिक संकट आउछ: महासचिव पौडेल

Next Post ≫

२०७६ साल असोज १८ गते शनिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क