Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गुल्मेली सम्पर्क समाजमा शुभकामना आदान प्रदान र सम्मान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मेली सम्पर्क समाजमा शुभकामना आदान प्रदान र सम्मान

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७६ · 0
गुल्मेली सम्पर्क समाजमा शुभकामना आदान प्रदान र सम्मान
80
SHARES
ShareTweet


बुटवल, १६ असोज । गुल्मेली सम्पर्क समाज रुपन्देहीले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा बिहिवार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
समाजले रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित ड्र«ाईभरटोलमा आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य तथा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले समाजमा सामाजिक संघ संस्थाको भूमिका महत्वपुर्ण हुने भन्दै गुल्मेली सम्पर्क समाजले सबैका लागि उदाहरणीय र नमुना काम गरेको बताउनु भयो ।
गुल्मेली सम्पर्क समाजको स्थापना र यो समाजले गरेका कृयाकलापको अनुसरण गर्दै रुपन्देहीमा धेरै समाज खुलेको भन्दै राष्ट्रिय सभा सदस्य भट्टराईले यस्ता समाजले समाज रुपान्तरणको भूमिका निर्वाह गर्नुपर्ने वताउनु भयो ।


प्रदेश पाँचका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले मानव समाज र मनोविज्ञानको त्रिवेणी हो भन्दै यसको सफल कार्यान्वयनले नै युग र पेसाको परिवर्तन गर्ने बताउनु भयो ।
उहांले मान्छेले आफूलाई समाजमा स्थापित र हेलमेल गर्न र सामाजिक प्राणीका रूपमा चिनाउन गरेका क्रियाकलापको रुपमा सामाजिक संस्थाहरूको गठन प्रक्रिया शुरु भएको भन्दै उहांले गुल्मेली सम्पर्क समाजले समाज स्थापनाको गतिलो उदाहरण प्रस्तुत गरेको बताउनु भयो ।


सो अवसरमा प्रदेशसभा सदस्य खड्क बहादुर केसी, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, प्रदेश पाँचका प्रमुख सचिव तोया ज्ञवाली, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शँकर खरेल, नेपाल प्राध्यापक संघका केन्द्रिय अध्यक्ष डा. बुद्ध बहादुर थापा, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराई, पत्रकार टंक पन्त, काशी हिन्दू विश्वविद्यालयका नेपाल चियर डा. शिवप्रसाद पौडेललगायतले वोल्दै संस्कृतिको संरक्षण गर्ने गरी चाडपर्व मनाउनु पर्नेमा जोड दिनु भयो ।


समाजका कार्यबहाक अध्यक्ष नारायण पन्थले सामाजिक रिति थिति र संस्कृतिको संरक्षण, सम्वद्र्धन, जगेर्ना र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित समाजले संस्था स्थापनाको मर्म र उद्देश्य अनुरुप अगाडी बढेको बताउनु भयो । रेसुंगा सहकारी संस्था, श्रृंगेश्वरधाम र ज्येष्ठ नागरिक मिलन केन्द्रको सह आयोजनामा भएको कार्यक्रममा समाजका सल्लाहकार पूर्व प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरे, सचिव कृष्ण पोखरेल, सल्लाहकार लोकनाथ उपाध्याय, राजेन्द्र कुँवर, लक्ष्मण ज्ञवाली, श्रृंगेश्वरधामका धामका अध्यक्ष ऋषि भण्डारीलगायतले संस्थाले हालसम्म गरेका कार्य प्रगति र आगामी लक्षका विषयमा प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा गुल्मी जिल्लामा जन्मेर ब्यवसायिक संघ संस्थाको नेतृत्व गरेका तथा सरकारी निकायमा विभिन्न उच्च ओहोदामा रहेका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

≪ Previous Post

सामाजिक सरह विकासमा सहकार्य जरुरी : महासचिव पौडेल

Next Post ≫

सरकार असफल भए संवैधानिक संकट आउछ: महासचिव पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क