Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सभामुखले नैतिकता भए पद त्याग्नुपर्छ : नेता गगन
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सभामुखले नैतिकता भए पद त्याग्नुपर्छ : नेता गगन

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७६ · 0
सभामुखले नैतिकता भए पद त्याग्नुपर्छ : नेता गगन
80
SHARES
ShareTweet

बुटवल १४ असोज
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरालाइ पद छाड्न सुझाव दिनु भएको छ् ।
एक महिलाले जर्बजस्ती करणी गरेको भन्ने आरोप बाहिर आएपछि अनुसन्धानका लागि पनि महराले सभामुख पदबाट अलग रही घटनाको छानबिनमा सघाउनुपर्ने उहाँको बथन छ ।
थापाले सभामुखमाथि लागेको बलत्कारको आरोपमाथि निष्पक्ष छानबिन गर्न माग समेत गर्नु भयो ।
यस्तो घटनाले आफू स्तब्ध भएको भन्दै थापाले नेपालको प्रतिष्ठा र संसदीय पद्धतीमै प्रश्न उठेको बताउनु भयो ।
रिपोर्टर्स क्लब प्रदेश ५ बुटवलले मंगलवार आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले उहाँमाथि आरोप लागेको छ ,घटनाको निष्पक्ष छानबिन गर्नका लागि आफ्नो पदबाट अलग रहेर छानबिन गर्न सघाउनुपर्छ ।

पिडीत महिलाले सो घटनाबारे बताउन आफुलाइ पनि पटकपटक फोन गरेको र आफु कार्यक्रममा भएकोले रेस्पोन्स गर्न नपाएको सुनाउनु भयो । ‘धेरै पटक मोवाइलमा फोन आएको रहेछ,मैले नया नम्बर र नचिनेको हुदाले कल उठाउन समेत पाइन ।’
उहाँले यो घटनाले राज्यको क्षमतामाथि र देशको प्रतिष्ठामाथि आँच आएको बताउनु भयो । कानूनी र संसदीय सर्वोचतामाथि आँच पुगेको छ , प्रहरी प्रशासन कसैको दबाब र प्रभावमा नपरी तल्लो तहबाट घटनाको निष्पक्ष छानबिन गरिनुपर्छ उहाँले बताउनु भयो ।
पछिल्ला सरकारका गतिविधिले राज्यप्रति जनताको निरासा पैदा भएको उहाँको भनाइ छ ।
’सरकार तिल्मिलायो,सरकार खोक्रो बन्यो, जनतामा निराशा मात्र छायो । सरकारको अंकगणितको वैधानिक शक्ति भएपनि शासन गर्ने नैतिक शक्ति र सामथ्र्य सरकारसँग छैन,’ थापाले भन्नु भयो ।
यो सरकारसंग संख्या छ क्षमता छैन,बैधानिकता छ बैध छैन,अब कसरी राम्रो काम गर्न सक्ने त उहाँले सुनाउनु भयो ।
उहाँले देशमा भ्रष्टाचार मौलाएको बताउदै ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमण ,तनहुमा मिनेन्द्र रिजालमाथि र नेपालगंजमा पार्टी नेतृमाथिको आक्रमण गलत भएकोबताउनु भयो ।
सरकारविरुद्ध कांग्रेसले दशैंपछाडि संघर्ष गर्ने ,दशैंअगाडि नै कांग्रेसका सबै भ्रातृ संगठन र प्रदेश संरचनाले पूर्णता पाउने उहाँको कथन छ । कांग्रेसले गठन गरेको छायाँ सरकार सहीरूपमा अगाडि बढ्न नसकेको थापाले स्वीकार समेत गरेका छन् ।
कांग्रेस अब एक भएर अघि बढ्ने र सरकारका गतल कामको बिरोध गर्ने बताउनु भयो ।
कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो । सो अवसरमा प्राध्यापक संघका नवनिर्वाचित केन्द्रिय अध्यक्ष प्राडा बुद्धबहादुर थापालाइ सम्मान गरिएको थियो ।

≪ Previous Post

पक्षपाती नीतिका कारण साना तथा मझौला ढुवानी व्यवसाय संकटमा

Next Post ≫

भारतीय मालवहाक गाडीलाई नेपाल भित्र संचालनमा निरुत्साहित गर्न दवाव मुलक अभियान चलाईने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क