Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भारतीय मालवहाक गाडीलाई नेपाल भित्र संचालनमा निरुत्साहित गर्न दवाव मुलक अभियान चलाईने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतीय मालवहाक गाडीलाई नेपाल भित्र संचालनमा निरुत्साहित गर्न दवाव मुलक अभियान चलाईने

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७६ · 0
भारतीय  मालवहाक गाडीलाई नेपाल भित्र संचालनमा निरुत्साहित गर्न दवाव मुलक अभियान चलाईने
130
SHARES
ShareTweet

बुटवल १४ असोज
नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचले भारतीय मालवहाक गाडीलाई नेपालमा संचालनका लागि निरुत्साहित गर्ने गरि दवाव मुलक अभियान संचालन गर्ने निर्णय गरेको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचको मंगलवार बुटवलमा वसेको सातौ वैठक तथा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रमले दुर्घटना न्यूनिकरण, सरकारले तय गरेको ढुवानी भाडालाई व्यवहारमा कार्यान्यन गराउने र ओभरलोडलाई नियन्त्रणका लागि दवाव मुलक कार्य संचालन गर्ने जनाएको छ ।
कार्यक्रममा सीमावर्ति क्षेत्रमा रहेका वासिन्दाको दोहोरो नागरिकता भएकाहरुवाट भारतीय नम्बरका गाडी संचालन भएकाले सोको नियन्त्रणका लागि सरकार गम्भिर हुनु पर्ने औल्याईएको छ ।

भारतीय गाडीको ओभरलोडका कारण नेपालको सडक ध्वस्त भएको , नेपाली व्यवसायीको लगानी सुरक्षित हुन नसककोले दवाव मुलक अभियान संचालन गर्न वाध्य हुनु परेको नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचका संयोजक यम प्रसाद पाण्डेले बताउनु भयो ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले तौलपुल कार्यविधीलाई कडाईका साथ लागु गर्न जरुरी रहेको धारणा राख्नु भयोे ।
कार्यक्रममा प्रदेश पाँचका विष्णु खरेल, विष्णु प्रसाद न्यौपाने, प्रताव बहादुर कार्की , जितु भाट लगायतले नेपाली ट्रक व्यवसायीले भोग्नु परेका समस्यालाई प्रदेश सरकारले गम्भिरतापुर्वक लिनु पर्ने धारणा राख्नु भएको थियो ।
दवाब मुलक कार्यक्रम संचालनका लागि यम प्रसाद पाण्डेको संयोजकत्वमा प्रताप बहादुर कार्की, नारायण थापा, लक्ष्मण भुसाल, रुमाखर गौतम, उमेश मजगैयाँ लक्ष्मण क्षत्री सदस्य रहेको समिति चयन गरिएको छ । त्यसैगरि प्रदेश समितिको सल्लाहकारमा स्वरोजगार मजदुरवाट भोला खाणँलाई मनोनयन गरिएको छ ।

≪ Previous Post

सभामुखले नैतिकता भए पद त्याग्नुपर्छ : नेता गगन

Next Post ≫

मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क