Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पक्षपाती नीतिका कारण साना तथा मझौला ढुवानी व्यवसाय संकटमा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पक्षपाती नीतिका कारण साना तथा मझौला ढुवानी व्यवसाय संकटमा

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७६ · 0
पक्षपाती नीतिका कारण साना तथा मझौला ढुवानी व्यवसाय संकटमा
90
SHARES
ShareTweet

बुटवल, १४ असोज । सरकारको पक्षपाती नितिका कारण साना तथा मझौला ढुवानी व्यवसाय संकटमा परेको गुनासो सरोकारवालाहरुले गरेका छन । साना तथा मझौला ढुवानी व्यवसायीले ठुला सरह नै चर्को कर कम्पनी दर्ता शुल्क, जांचपास र रुट परमिटका कारण व्यवसाय संकटमा परेको बताएका हुन् ।
सरकारी गलत रबैयाका कारण सानो लगानीमा स्वरोजगारका रुपमा चलाउंदै आएका साना ढुवानी व्यवसायी आफ्नो पेशाबाट पलाएन हुने अवस्था आएको उनीहरुको गुनासो छ । लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ बुटवलको सोमबार सम्पन्न छैठौं वार्षिक साधारणसभामा बोल्ने ढुवानी व्यवसायीले सरकारको गलत निर्णयका कारण बैंकको व्याज तिर्न नसक्ने अवस्था आएको बताए । यातायातसंग सम्बन्धित नीति नियम बनाउंदा साना तथा मझौला ढुवानी व्यवसायीका प्रतिनिधिको सहभागिता गराउन सरकारसंग माग गरे । पांच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल लगायत विभिन्न जिल्लामा पार्किङको समस्या रहेकोे उनिहरुले बताएका छन ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर पांचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पुराना कानुनहरु असफल भएको र नयां कानुनहरु बन्ने क्रममा रहेकाले यातायात लगायतका अन्य क्षेत्रका समस्यालाई समाधान गर्न समय लाग्ने बताए । प्रदेश सरकारको यातायात सम्बन्धी ऐन निर्माणको क्रममा रहेको बताउंदै मन्त्री केसीले नयां नियम कानुन बनाएर सबै क्षेत्रको उचित व्यवस्थापन गरिने बताउनु भयो । प्रदेश पांचमा सबै भन्दा ठूलो समस्याको रुपमा रहेको सवारी दुर्घटना न्यूनिकरण प्रमुख चुनौतीका रुपमा रहेको उल्लेख गर्दै अब दुर्घटना घटाउने गरी सिसिटिभीबाट मनिटरिङ गरिने प्रतिवद्वता मन्त्री केसीले बताउनु भयो । राष्ट्रलाई बलियो बनाउन आन्तरिक पारवहन नीति बनाउन आवश्यक रहेको मन्त्री केसीको भनाइ थियो ।
यातायात व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले यातायात व्यवसायीका समस्यालाई महत्व दिन सरकारसंग माग गर्नु भयो । ओभरलोड भारतीय गाडिहरु नेपालमा निर्वाध रुपमा आउंदा नेपाली यातायात व्यवसायी विस्थापितको अवस्थामा पुगेकाले उचित व्यवस्थापन हुनुपर्ने बताउनु भयो । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले दुर्घटना न्यूनीकरणको नाममा ट्राफिक प्रहरीले राजश्व संकलन गर्ने गरेको बताउंदै राजश्व मात्र संकलन गरेर दुर्घटना न्यूनीकरण हुन नसक्ने बताउनु भयो । कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यमप्रसाद पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, यातायात मजदुर तथा भलाई कोषका महासचिव योग गुरुङ, सुरक्षित यात्रा नेपालका कृष्ण बेलवासे, ट्रक ब्यबसायी विष्णु बेलवासे, संघका अध्यक्ष लक्ष्मण चौहान क्षेत्री महासचिव सुमन सापकोटा, सहसचिव कृष्ण चौहान साना तथा मझौला ढुवानीका समस्या र समाधानका उपाय बारे चर्चा गर्नु भएको थियो ।

≪ Previous Post

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईदैं

Next Post ≫

सभामुखले नैतिकता भए पद त्याग्नुपर्छ : नेता गगन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क