Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईदैं
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईदैं

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७६ · 0
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईदैं
60
SHARES
ShareTweet


काठमाडौं । आज अन्तर्राट्रिय ज्येष्ठ नागरिक दिवस । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्र संघले सन् १९९० मा घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभर नै अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइने गरिन्छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
६० वर्ष माथिका नागरिकलाई ज्येष्ठ नागरिक मानिन्छ । नेपालमा २७ लाखभन्दा बढी मानिस यस समूहमा पर्दछन् ।
नेपालमा ज्येष्ठ नागरिकका सीप, क्षमता र दक्षतालाई राज्य संयन्त्रले प्रयोग गर्न सकेको छैन । नेपालमा सामाजिक सुरक्षाको अवस्था कमजोर भएकाले ज्येष्ठ नागरिकको जीवन पनि निकै नै कष्टकर छ ।
जीवनको उत्तरार्धमा आर्थिक, सामाजिक, स्वास्थ्यका अतिरिक्त पारिवारिक विछोड र एक्लोपन नेपाली ज्येष्ठ नागरिकले ब्यहोर्दै आएका समस्या हुन् । नेपाल सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता सहित अन्य सुविधा तथा अधिकारहरुको सुचिश्चिततालाई निरन्तरता दिंदै आएको छ । तर पछिल्ला दिनहरुमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरुअपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट हुन थालेको छ ।
जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गद र्शन मानिन्छ । तर पछिल्ला दिनमा विकसित मुलुकको संस्कृति र मान्यताका प्रभावलेनेपाली समाज र घरपरिवार पनि अछुतो रहेन । वयस्क सदस्यहरु परिवारबाटै अलग भई छुट्टैबस्न रुचाउन थालेपछि संयुक्त परिवार विखण्डित भई त्यहाँ रहेका जेष्ठ नागरिकहरुसमेत एक्लो हुन थालेका छन् ।
आज विश्वभरि नै ज्येष्ठ नागरिक संग सरोकार रहेका संस्था तथा व्यक्तिहरूको सहभागितामा विभिन्न जनचेतना मुलक कार्यक्रमका साथ यो दिवस मनाईदै छ ।

≪ Previous Post

२०७६ साल असोज १४ गते मंगलवारको राशिफल

Next Post ≫

पक्षपाती नीतिका कारण साना तथा मझौला ढुवानी व्यवसाय संकटमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क