काठमाडौं । आज अन्तर्राट्रिय ज्येष्ठ नागरिक दिवस । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्र संघले सन् १९९० मा घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभर नै अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइने गरिन्छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
६० वर्ष माथिका नागरिकलाई ज्येष्ठ नागरिक मानिन्छ । नेपालमा २७ लाखभन्दा बढी मानिस यस समूहमा पर्दछन् ।
नेपालमा ज्येष्ठ नागरिकका सीप, क्षमता र दक्षतालाई राज्य संयन्त्रले प्रयोग गर्न सकेको छैन । नेपालमा सामाजिक सुरक्षाको अवस्था कमजोर भएकाले ज्येष्ठ नागरिकको जीवन पनि निकै नै कष्टकर छ ।
जीवनको उत्तरार्धमा आर्थिक, सामाजिक, स्वास्थ्यका अतिरिक्त पारिवारिक विछोड र एक्लोपन नेपाली ज्येष्ठ नागरिकले ब्यहोर्दै आएका समस्या हुन् । नेपाल सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता सहित अन्य सुविधा तथा अधिकारहरुको सुचिश्चिततालाई निरन्तरता दिंदै आएको छ । तर पछिल्ला दिनहरुमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरुअपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट हुन थालेको छ ।
जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गद र्शन मानिन्छ । तर पछिल्ला दिनमा विकसित मुलुकको संस्कृति र मान्यताका प्रभावलेनेपाली समाज र घरपरिवार पनि अछुतो रहेन । वयस्क सदस्यहरु परिवारबाटै अलग भई छुट्टैबस्न रुचाउन थालेपछि संयुक्त परिवार विखण्डित भई त्यहाँ रहेका जेष्ठ नागरिकहरुसमेत एक्लो हुन थालेका छन् ।
आज विश्वभरि नै ज्येष्ठ नागरिक संग सरोकार रहेका संस्था तथा व्यक्तिहरूको सहभागितामा विभिन्न जनचेतना मुलक कार्यक्रमका साथ यो दिवस मनाईदै छ ।
