Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ धर्मको नाममा गणतन्त्रमाथि हमला : पौडेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

धर्मको नाममा गणतन्त्रमाथि हमला : पौडेल

संसारपोस्ट संवाददाता · १० आश्विन २०७६ · 0
धर्मको नाममा गणतन्त्रमाथि हमला : पौडेल
60
SHARES
ShareTweet

बुटवल, १० असोज
राष्ट्रिय जनमोर्चाले शुक्रबार बुटवलमा सभाको आयोजना गरेको छ । शुरुदेखि संघीयताको विपक्षमा उभिएको राष्ट्रिय जनमोर्चाले सातवटै प्रदेशका राजधानीमा प्रदेशस्तरीय बिरोध सभाको आयोजना गरेको हो । राष्ट्रियता गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौं भन्ने मूल नाराका साथ सभाको आयोजना गरिएको हो ।

सभामा बोल्दै राष्ट्रिय जनामोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले हिन्दु धर्मको नाममा गणतन्त्रमाथि हमला गरिएको बताउंदै राजतन्त्र व्युताउनेहरु विदेशीको आडमा चलखेल गरेको बताउनु भयो ।

गणतन्त्र, धर्म निरपेक्षताको संरक्षण र संघीयता खारेज गरेर देशलाई अगाडी बढाउनु पर्ने बताउनु भयो । भारतको ग्राइन डिजाइनमा ल्याइएको महङो संघीय प्रणालीलाई नेपाली जनताले धान्न नसक्ने बताउंदै स्थानीय तहलाई थप बलियो बनाएर प्रादेशीक संरचना खारेज नहुंदासम्म देशले गतिलिन नसक्ने दावी गर्नु भयो । उहाँले सरकारले ल्याएको खुकुलो नागरिकता विद्येयक खारेज गर्नुपर्ने बताउंदै कठोर नागरिकता विद्येयक ल्याउनु पर्ने धारणा राख्नु भयो ।

नागरिकता दिने खुकुलो प्रावधानले भोली नेपाली जनता अल्पमतमा पर्ने र भारतको युपीको मेयरमा हारेको व्यक्ती नेपालको संसदमा आउन सक्ने भएकाले यसप्रति सचेत हुनुपर्ने बताउनु भयो । उहाँले यो सरकारले नेपाली जनताको गासवास, कपासकोृ ग्यारण्टी गर्न नसक्ने दावी गर्दै गासवस, कपासको ग्यारण्टीका लागि जनवादी सरकार स्थापना हुनुपर्ने बताउनु भयो ।

कम्युनिष्टको नाममा बनेको बहुमतको सरकारले महङी, भ्रष्टाचार, कालोबजारी नियन्त्रण गर्न नसकेको हत्याहिंसा र बलत्कारमा संलग्नहरुलाई कारवाही गर्न नसकेकाले सरकारप्रति जनता निरास बनेको बताउनु भयो । सरकारको गलत नीतिका कारण देशको अवस्था कमजोर बनेको उल्लेख गर्दै नेपालको हिमाल र तराइमाथि आरतले आंखा लगाएको बताउंदै भारतले नेपालको विकास र प्रगति देख्न नचाहेको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसीले देश अफठ्यारो अवस्थाबाट अगाडी बढेको र राजतन्त्र स्थापना गर्ने षडेयन्त्र भैरहेको बताए ।

विकासको नाममा देशलाई सात प्रदेशमा बाड्नुले नेपालको अवस्था कमजोर बनेको उल्लेख गर्दै सिद्वान्तत संघीयता ठिकै भएपनि नेपालको हकमा संघीयता आवश्यक नहुने बताए । नेपाल भारतको सुरक्षित बजार भएकाले भारतले नेपालको विकास देख्न नचाहेको दावी गर्दै भारतले नेपालमा अस्थिरता चाहेको बताए ।

प्रदेश सांसद तारा जीसीले गणतन्त्र र धर्म निरपेक्षतामाथि खतरा बढेकाले धर्मको नाममा विदेशीको आडमा राजावादीहरु सलबलाउन खोजेको बताउनु भयो । देशमा भ्रष्टाचार, महङी, कालोबजारी, घुसखोरी तन्त्र मौलाउंदै जांदा पनि दुई तिहाइ बहुमतको सरकार चुप लागेर बसेको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष वद्रे आलमले मुलुकको राष्ट्रिय एकता, अखण्डतामाथि संघीयताले हमला गरेको बताउनु भयो । नेता बोमबहादुर खत्रीको अध्यक्षता र सोमकुमार कार्कीको सञ्चालनमा भएको कार्यक्रममा रक्तिमका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सभा हुनुअघि राजमार्ग चौराहाबाट विभिन्न नारा लेखिएको व्यानर र प्लेकार्डसहितको जुलुस निकालिएको थियो ।

≪ Previous Post

विश्व मुटु दिवसको अवसरमा गौतमबुद्ध मुटु अस्पतालमा १रुपैयामा ईसिजी र सुगरपरिक्षण

Next Post ≫

२०७६ असोज ११ गते शनिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क