Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लक्ष्मी माविका विद्यार्थीको आँखा तथा ब्यवहार परीक्षण
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

लक्ष्मी माविका विद्यार्थीको आँखा तथा ब्यवहार परीक्षण

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७६ · 0
लक्ष्मी माविका विद्यार्थीको आँखा तथा ब्यवहार परीक्षण
70
SHARES
ShareTweet

झविन्द्र देवकोटा



बुटवल, ६ असोज । बुटवल लक्ष्मीनगरमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीको आँखा परीक्षण तथा ब्यवहार परीक्षण सम्वन्धी एक दिने शिविर भएको छ । विद्यार्थीको आँखाको स्वास्थ्य उपचार तथा उनीहरुको जीवनशैली र आनीबानी ब्यवहारका बारेमा एक दिने निःशुल्क शिविर आईतबार गरिएको हो ।
लायन्स क्लव अफ बुटवल मणिउजेशको आयोजनामा भएको शिविरमा विद्यालयमा अध्ययनरत ढाई सय विद्यार्थीको आँखा र उनीहरुको आनीबानी ब्यवहार परीक्षण गरिएको हो । अभिभावकको पछिल्लो ब्यस्त जीवनशैलि तथा सूचना र प्रविधिको विकासले मानव स्वास्थ्यमा पारेको प्रभाव तथा असरका बारेमा जानकारी दिन आनीबानी ब्यवहार परीक्षण शिविरको आयोजना गरिएको प्रथम उपाध्यक्ष सोनाली गुरुङ्गले जानकारी दिनुभयो ।
श्रीकृष्ण नेत्रालयको प्राविधिक सहयोगमा छात्रछात्रा दुबैमा गरिएको आँखा स्वास्थ्य परीक्षणमा १२ जना विद्यार्थीमा जटिल समस्या देखिएको र ति विद्यार्थीको आँखा उपचारमा क्लवले सहयोग गर्ने समेत उहांले बताउनुभयो । यस्तै गुरुङ्गले विद्यार्थीको आनीबानी तथा ब्यवहार स्वास्थ्य परीक्षण शिविरमा ७ प्रतिशत विद्यार्थीमा ब्यवहार असामान्य रहेको पाइएको समेत बताउनुभयो ।
क्लवका अध्यक्ष नेहा अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ बीटुका पुर्व डिष्ट्रिक गभर्नर महेन्द्र नारायण श्रेष्ठ, डिष्ट्रिक कोचिफ एड्भाइजर सुनिता बजिमय, अर्जुनमान शैजु, सुरेशरत्न बज्राचार्य, लक्ष्मी माविकी प्रधानाध्यापक लक्ष्मी शाही गुरुङ, कार्यक्रम संयोजक शिवांगी गुरुङ लगायतले समय समयमा हुने स्वास्थ्य शिविरले विद्यार्थीहरुको स्वास्थ्य समस्यालाई समाधान गर्न ठुलो मद्दत पुग्ने भएकाले विद्यालयमा शिविरको निरन्तरताको कामना गर्नुभएको थियो ।


क्लवका सचिव प्रविना घिमिरेको संचालनमा भएको कार्यक्रममा श्रीकृष्ण नेत्रालयका नेत्ररोग विशेषज्ञ डाक्टर सल्मा केसी राईले विद्यार्थीको आँखा परीक्षण गर्नुभएको थियो भने आनिबानी र ब्यवहार परीक्षण डाक्टर रक्षा ज्ञवालीले गर्नुभएको थियो ।

≪ Previous Post

नवलपरासीमा ट्याक्टर चोरी, चोरी गर्ने पक्राउ

Next Post ≫

सामाजिक सचेतनाका साइकल यात्री श्रेष्ठ बुटवलमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क