Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सामाजिक सचेतनाका साइकल यात्री श्रेष्ठ बुटवलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सामाजिक सचेतनाका साइकल यात्री श्रेष्ठ बुटवलमा

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७६ · 0
सामाजिक सचेतनाका साइकल यात्री श्रेष्ठ बुटवलमा
60
SHARES
ShareTweet


बुटवल, ६ असोज । सामाजिक विकृति, विसंगती, भ्रष्टाचार तथा राजनीतिक वेथिती बिरुद्ध सचेतना जगाउने उद्देश्यले नेपाल भ्रमणमा निस्किएका खोटाङका एक युवाको साइकल यात्रा रुपन्देहीको बुटवल आइपुगेको छ ।
‘भ्रष्टाचारमुक्त समाजको निर्माण गरौं, धार्र्मिक एवं पर्यटकीय स्थलहरुको प्रवद्र्धन गरौं’ भन्ने मूल नारा सहित वि.स. २०७५ साल चैत्र ३ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरापालिका ४ खल्लेका ३४ वर्षीय युवा कर्ण श्रेष्ठ साइकल यात्राको अभियानमा शनिबार बुटवल आइपुगेका हुन् । जन चेतना सहितको नेपाल साइकल यात्रामा निस्किएका श्रेष्ठको रुपन्देही ७४ औं जिल्ला हो ।
नेपालका ७४ जिल्लाको भ्रमण सकेका श्रेष्ठले नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवन गरी ३ जिल्लाको यात्रा बाँकी रहेको आईतबार पत्रकाहरुसँगको भेटमा बताए ।
आइतबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मुलुकमा बढ्दो भ्रष्टाचार, विकृति, विसंगती तथा राजनीतिक वेथिती बढेको भन्दै त्यसको अन्त्यका लागि कुनै एक राजनीतिक दल बिशेषले मात्र नभएर सबै मिलेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिए ।
नेपाल र नेपालीका लागि आवस्यक पर्ने अधिकांस दैनिक उपभोग्य सामाग्रिहरुको स्रोत नेपालमै रहेको उल्लेख गर्दै उनले त्यसको समुचित व्यवस्थापन नगर्दा मुलुकको आर्थिक विकास हुन नसकेको बताए ।
स्थानीय स्रोत साधनको समुचित उपयोग गर्न सके मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउदै उनले नेपालमा पर्याप्त खनिज पदार्थको स्रोत भएर पनि उपयोगमा आउन नसक्दा हरेक कुरामा विदेसीको मुख ताक्नुपर्ने अवस्था आएको बिचार व्यक्त गरे ।
उनले भने–‘दैलेखमा ग्यासको खोला बगेको छ,मनाङ्ग मुस्ताङ्गमा नुन खानी रहेको छ त्यसको उपयोग किन नगर्ने ?’
भ्रमणका क्रममा त्यस बिषयमा बिभिन्न जिल्लाका स्थानीय सरकार तथा उद्योगि व्यवसायीहरुसँग छलफल गरेको उनले बताए ।
कृषिको आधुनिकीकरणसँगै पर्यटन र उद्योग विकासको प्रचुर सम्भावना रहेको उनले बताए । साइकल यात्राका क्रममा स्थानीय निकाय, शैक्षिक संस्था, उद्योग वाणिज्य संघ तथा प्रदेश सरकारसँग पनि छलफल गर्दै अगाडी बढेको उनले बताए । उद्योग वाणिज्य संघ खोटाङको सदस्य समेत रहेका श्रेष्ठले सुरुमा आफ्नै लगानी र सोचमा नेपाल साइकल यात्रामा निस्किएपनि यात्राका क्रममा बस्न तथा खानाका लागि उद्योग वाणिज्य संघ तथा कतिपय स्थानमा स्थानीय सरकारहरुले समेत सहयोग गर्ने गरेको बताए ।
दशै अगाडी नै आफ्नो नेपाल यात्रा सकिसक्ने योजनामा रहेका श्रेष्ठले खोटाङ जिल्लाको परिचय गराउने एक पुस्तक समेत प्रकाशित गरिसकेका छन् । नेपाल यात्रा सम्पन्न गरेपछि विश्व साइकल यात्रामा समेत निस्किने सोच बनाएका साइकल यात्री श्रेष्ठले विश्व यात्रापछि ती तेशहरुको आर्थिक विकासको अवस्था र नेपालको अवस्था बारे तुलना गर्दै नेपाललाई चिनाउने पुस्तक प्रकाशनको योजनामा रहेको जानकारी गराए । बुटवलका पत्रकार प्रकाश खनालको संयोजनमा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

≪ Previous Post

लक्ष्मी माविका विद्यार्थीको आँखा तथा ब्यवहार परीक्षण

Next Post ≫

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुरक्षा विधेयक प्रमाणिकरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क