बुटवल ६ असोज
प्रदेश पाँचका प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुरक्षा सम्बन्धी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुख उमाकान्त झाले प्रमाणिकरण गर्नु भएको छ ।
प्रदेश सभाको यही असोज २ गते बसेको वैठकवाट पारित भएको उक्त विधेयकको आईतवार प्रदेश प्रमुख झाले प्रमाणिकरण गर्नु भएको प्रदेश प्रमुखका निमित्त सचिव चिरन्जीवी पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालको संम्बिधानको धारा २०१ को उपधारा २ वमोजिम विधेयक प्रमाणिकरण गरिएको जनाईएको छ ।
