Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कपिलवस्तुको अन्हराठमा रोटरी क्लवको प्रौढ कक्षा
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कपिलवस्तुको अन्हराठमा रोटरी क्लवको प्रौढ कक्षा

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0
कपिलवस्तुको अन्हराठमा रोटरी क्लवको प्रौढ कक्षा
60
SHARES
ShareTweet


बुटवल । रोटरी क्लव अफ बुटवलले कपिलवस्तुको शुद्धोधन गाउँपालिका पतरिया अन्हराठ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय परिसरमा प्रौढ साक्षरता कक्षा संचालन गरेको छ ।
तीन महिना सम्म संचालन हुने उक्त कार्यक्रमको शनिवार एक कार्यक्रम विच रोटरी डिष्ट्रिक अवार्ड कमिटिका अध्यक्ष नुगल आनन्द वैद्यले शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै उहांले मुलुकलाई पुर्ण साक्षरता वनाउन कार्यक्रमले टेवा पुराउने बताउनु भयो ।
रोटरी क्लव अफ बुटवलले वार्षिक कार्ययोजनामै समेटेर साक्षरता कार्यक्रम संचालन गर्दे आएको छ ।
क्लवका अध्यक्ष दिल्ली कुमार श्रेष्ठको अध्यक्षता, सचिव रोम शर्माको संचालनमा भएको कार्यक्रममा पुर्व अध्यक्ष तथा आई सी एम चियर राजेन्द्र प्रसाद ध्वजु, फण्ड सवल कमिटिका डिष्ट्रिक को चियर तथा पुर्व अध्यक्ष अजयमान श्रेष्ठ, डिष्ट्रिक ट्रेनिङ को चियर राजेन्द्र लम्साल, पुर्व अध्यक्ष आमोद सिंमागैडा, आरसिसि अन्हराठका अध्यक्ष पार्वती तिमल्सेना, नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक श्यामदेव चौधरी लगायतले साक्षरता कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।


सो अवसरमा कक्षा संचालनको लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु कपि किताव, पेन्सिल, ह्वाईटवोर्ड तथा म्याट हस्तान्तरण गरिएको थियो । प्रौढ शिक्षा कक्षामा ५० जना महिला पुरुषको सहभागिता रहेको शिक्षिका सन्ध्या चौधरीले जानकारी दिनुभयो ।
रोटरी क्लब अफ बुटवलको नियमित वैठक
यसैबिच रोटरी क्लब अफ बुटवलको १२७८ औ नियमित बैठक क्लव सचिवालय बुटवलमा सम्पन्न भएको छ ।
रोटरी डिष्ट्रिक अवार्ड कमिटिका अध्यक्ष नुगल आनन्द वैद्यले रोटरीको प्रोजेक्टको विषयमा चर्चा गर्दे बुटवल डिष्ट्रिक कै नमुना क्लव भएको बताउनु भयो । उहांले प्रोजेक्टलाई अझै प्राथमिकता दिएर काम गर्न सुझाव समेत दिनुभयो ।
अध्यक्ष दिल्ली कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रोटरियन सारदा ज्ञवालीले गर्नु भएको थियो भने अघिल्लो वैठकमा भएको निर्णय र क्लवलाई प्राप्त पत्रहरुको विषयमा सचिव रोम शर्माले जानकारी दिनुभयो ।
्क्लवका पुर्व अध्यक्ष अजयमान श्रेष्ठ, रोटरियन मणिरत्न पाण्डे लगायतले सर्भिस प्रोजेक्टको विषयमा चर्चा गर्नुभएको थियो । सो अवसरमा रोटरियन वसन्त थापाको विवाह उतसव मनाईएको थियो ।

≪ Previous Post

रुपन्देही : कृषि, वनजन्य र पर्यटन उद्योगकोलागि प्रचुर सम्भावनाको क्षेत्र

Next Post ≫

प्यूठान रुपन्देही सम्पर्क मञ्चद्धारा ६६ युनिट रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क