Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कृषि , वनजन्य र पर्यटन उद्योगको लागि रुपन्देही प्रचुर सम्भावनाको क्षेत्र
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कृषि , वनजन्य र पर्यटन उद्योगको लागि रुपन्देही प्रचुर सम्भावनाको क्षेत्र

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0
कृषि , वनजन्य र पर्यटन उद्योगको लागि रुपन्देही प्रचुर सम्भावनाको क्षेत्र
110
SHARES
ShareTweet

बुटवल ४ असोज
रुपन्देही जिल्ला उद्योगी ,व्यापारिका लागि आकर्षणको क्षेत्र रहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले औल्याएका छन ।
रुपन्देही जिल्ला भौगोलिक आधारमा नेपालको मध्य भागमा रहेकोले यहाँ उत्पादित वस्तुहरु देशका सवै स्थानमा पठाउन सजिलो, कच्चा पदार्थ आपूर्ति गर्दा भन्सार नाका नजिक, विगतको नाकावन्धिको समयमा पनि निर्वाध संचालनमा रहेको नाका भएकाले रुपन्देही उद्योगी व्यापारिका लागि आकर्षण र संभावनाको क्षेत्र रहेको वक्ताहरुले जोड दिएका छन ।
शनिवार आयोजना गरिएको औद्योगिक विकासका लागि रुपन्देही उद्योग सघको अवधारणा सार्वजनिक कार्यक्रममा वोल्नेहरुले रुपन्देही जिल्लामा उत्पादन मुलक, कृषि तथा वनजन्य र पर्यटन उद्योगको लागि प्रचुर सम्भावना रहेको औल्याएका छन ।
विश्वमा १ सय २५ करोड भन्दा बढी बुद्धिष्ट रहेका छन र उनिहरु एकपटक आफनो जीवनमा बुद्ध जन्मस्थल लुम्बिनी आउन चाहन्छन जसले गर्दा यस क्षेत्रमा पर्यटन उद्योगको प्रसस्त संभावना रहेको उनीहरुले बताएका छन ।
कार्यक्रममा अवधारणापत्र सार्वजनिक गदै पूर्व सहसचिव विष्णु ढकालले जिल्लामा उत्पादन मुलक र कृषि तथा वनजन्य, खनिज उद्योगहरुको लागि उपयुक्त वातावरण रहेकाले त्यसका लागि सामुहिक लगानी जरुरी रहेको बताउनु भयो ।
उहाँले उद्योगी ,व्यापारीका लागि उपयुक्त स्थल भए पनि औद्योगिक असुरक्षा, असहज श्रम सम्बन्ध, उर्जाको न्यून उपलब्धता कमजोर औद्योगिक पूर्वाधार ,दक्ष जनशक्तिको अभाव अत्याधुनिक प्रविधीको अभाव निर्यातयोग्य बस्तुहरुको विविधिकरणमा कमी कमजोर आपूर्ति व्यवस्थापनले गर्दा उद्योगी र व्यापारीले सम्स्या भोग्नु परेको धारणा राख्नु भयो । कार्यक्रममा उद्योग पर्यटन ,वन तथा वातावरण मन्त्री लिला गिरीले विदेशी लगानी आकर्षण गर्ने गरि कानुन निर्माण गरिने बताउनु भयो । कृषि वनजन्य, खानीमा आधारित उद्योगलाई प्राथमिकतामा राखेको बताउदै उहाँले उद्योग मैत्री कानुन वनाएर विदेशी लगानीलाई सुरक्षित बनाईने उल्लेख गर्नु भयो । मन्त्री गिरीले सवैलाई ईमान्दार भएर काम गर्न आग्रह गदैं देशलाई आवश्यक पर्ने उत्पादन पुरा भएपछि निर्यातमा केन्द्रित हुनु पर्नेमा जोड दिनु भयो । संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले लामो छलफल र अन्तरक्रिया गरि औद्योगिक विकासका लागि संस्थागत अवधारणा अगाडि सारिएको बताउदैं औद्योगिक विकासका लागि नीति निर्माण तहमा रहेको राजनीतिक नेतृत्वमा स्पष्ट सोच र ईच्छा शक्ति जरुरी रहेको उल्लेख गर्नु भयो ।कार्यक्रममा प्रदेश ५ का योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, आन्तरिक मार्मिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेल, संघका महासचिव कृष्ण पराजुली लगायतले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास र औद्योगिक विकासका लागि औद्योगिक वातावरण जरुरी रहेको औल्याएका थिए ।

≪ Previous Post

आज विश्व शान्ति दिवस

Next Post ≫

संक्रमणकालिन न्यायलाई चाँडो किनारा लगाउन सरोकारवालाको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क