Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेसद्धारा रुपन्देहीका १० स्थानमा दीपावली ,संबिधान निर्माणकर्ता कोईरालालाई सम्झन माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेसद्धारा रुपन्देहीका १० स्थानमा दीपावली ,संबिधान निर्माणकर्ता कोईरालालाई सम्झन माग

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0
काँग्रेसद्धारा रुपन्देहीका १० स्थानमा दीपावली ,संबिधान निर्माणकर्ता कोईरालालाई सम्झन माग
100
SHARES
ShareTweet


बुटवल, ४ असोज
नेपाली काँग्रेस रुपन्देहीले संविधान दिवसलाई बिशेष रुपमा मनाएको छ । संविधान जारी भएको दिन असोज ३ गते शुक्रबार संविधानको बारेमा प्रशिक्षण तथा जिल्लाका १० स्थानमा साँझ दीपावली गरि हर्सोउल्लासका साथ मनाएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृयण खाँणले बताउनु भयो ।
नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशिल कोईरालाको नेतृत्वमा निर्माण गरि जारी भएको संविधान सफल रुपमा कार्यान्वयन गर्ने दायित्व पनि नेपाली काँग्रेसको भएकाले संविधानको कार्यान्यवनलाई जोड दिँदै संविधानका राम्रा पक्षहरुको बारेमा आम जनतालाई जानकारी गराउने उद्देश्यले अन्तरक्रिया सहित प्रशिक्षणको कार्यक्रम समेत गरिएको थियो ।
त्यस्तै गरी संविधान दिवसको दिन साँझ जिल्लाका प्रदेश निर्वाचन क्षेत्र अन्तरगत क्षेत्र नं. १ (क) को देवदह नगरपालिकाको खैरेनी, (ख) को तिलोत्तमा नगरपालिकाको कोटिहवा, क्षेत्र नं. २ (क) को योगिकुटी, (ख) को बुटवल ट्राफिकचोक, क्षेत्र नं. ३ (क) को भैरहवाको देवकोटा चोक र (ख) को सुद्धोधन गाउँपालिकाको फर्सा्टिकरमा दीपावली गरेको हो ।
त्यस्तै क्षेत्र नं. ४ (क) को रायपुर र (ख)को मझगाउँ, तथा क्षेत्र नं. ५ (क) को लुम्बिनी नगरपालिकाको पर्सा चौराहा र (ख) को सैनामैना नगरपालिकाको दुधराक्ष कलौनीमा दीपावली गरिएको जिल्ला सचिव खाँणले बताउनु भयो । दीपावली कार्यक्रममा संबिधानका निर्माण कर्ता नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशिल कोईरालाको फोटो राखेर सम्मान गर्न सरकारसंग माग गरिएको थियो । संबिधानका पितालाई सम्मान गर्न नसक्नेले कसरी सबिधान कार्यान्वयन गर्न सक्छ भन्ने कुरामा जोड दिईएको नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेले बताउनु भयो ।

त्यस्तै नेपाली काँग्रेसले संविधानका विशेषताका बिषयमा अन्तरक्रिया छलफल कार्यक्रम गरेको छ । नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र नं. २ (क)ले शंकरनगरमा आयोजना गरेको उक्त कार्यक्रममा प्राध्यापक संघका केन्द्रीय अध्यक्ष अधिवक्ता डा. बुद्धबहादुर थापा र बार एशोसियशन बुटवलकी पूर्व अध्यक्ष अधिवक्ता मीना पाण्डेले संविधानका सवल तथा दुर्वल पक्षका बारेमा प्रशिक्षण गर्नुभएको थियो ।
२००७ सालमा बिपि कोईरालाले संविधान सभाको मुद्धा उठाएको, २०६२र०६३ मा माओवादीलाई शान्ति वार्ताका माध्यमबाट संविधान सभाको निर्वाचन गराएर २०७२ सालमा तत्कालिन पार्टीका सभापति स्वर्गीय सुशिल कोईराला नेतृत्वको सरकारले संविधान जारी गरेको र शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन तहका निर्वाचन गराएर संविधान कार्यान्वयन चरणमा प्रवेश गराएको उल्लेख गर्दै यसरी प्रप्त भएको संविधान कार्यान्वयन गराउने दायित्व पनि नेपाली काँग्रेसको भएको नेपाली काँग्रेसका केन्द्रीय प्रतिनीधि माधवप्रसाद नेपालले बताउनु भयो ।
यतिबेला नेपाली काँग्रेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा पनि रहेकाले यी बिषयबस्तुलाई जनता समक्ष लैजानुपर्ने उहाँले बताउनु भयो ।

क्षेत्रीय सभापति माधवलाल देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, महासमिति सदस्य यमबहादुर खत्री, क्षेत्रीय उपसभापति मुक्ति अधिकारी, सचिव राममायाँ पौडेल, बिपि बिचार राष्ट्रिय समाज तिलोत्तमा नगर सभापति कल्याण पौडेल लगायतले संविधानका सवल पक्षहरुलाई जनताको माझमा लैजानु पर्ने र संविधामा भएका त्रुटीहरुलाई सच्याउनकालागि पार्टीका तर्फबाट सरकारलाई आग्रह गर्नुपर्ने भनाई राख्नुभएको थियो ।

≪ Previous Post

लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रदेश अध्यक्षमा पाण्डे

Next Post ≫

अधिकार प्राप्तिका लागि एकता जरुरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क