Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ संघीयता प्रशासनिक खर्चका हिसावले केही खर्चिलो , जनतालाई सेवा सुविधा प्राप्तिका लागि सस्तो: मुख्यमन्त्री पोखरेल
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संघीयता प्रशासनिक खर्चका हिसावले केही खर्चिलो , जनतालाई सेवा सुविधा प्राप्तिका लागि सस्तो: मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0
संघीयता प्रशासनिक खर्चका हिसावले केही खर्चिलो , जनतालाई सेवा सुविधा प्राप्तिका लागि सस्तो: मुख्यमन्त्री पोखरेल
150
SHARES
ShareTweet


बुटवल, ३ असोज
प्रदेश पाँच सरकारले संबिधान दिवसको अवसरमा आयोजना गरेको बिशेष समारोहमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राज्यलाई बलियो बनाउने काममा सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । राज्य बलियो भएमात्रै समृद्ध मुलुक निर्माण गर्न सकिने बताउँदै मुख्यमन्त्री पोखरेलले संविधानलाई संस्थागत गर्ने काममा सरकारलाई सहयोग गर्न आगह गर्नुभएको हो ।
बिशेष समारोहलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले संघीयता प्रशासनिक खर्चका हिसावले केही खर्चिलो देखिए पनि जनतालाई सेवा सुविधा प्राप्त गर्ने हिसावले सस्तो भएको टिप्पणी गर्नुभयो ।
पछिल्लो समयमा बिभिन्न कोणबाट संघीयता बढी खर्चिलो देखिएकाले दिगो हुन सक्दैनकी भन्ने टिका टिप्पणी आउन थालेको प्रसंगलाई जोडदै उहाँले सरकारको दृष्टिबाट हेर्दा खर्चिलो देखिएपनि सेवा सुविधा प्राप्तीकालागि संघियता आउनु पुर्व जनताले गर्न परेको खर्च संघीयताकै कारण कटौती भएको उल्लेख गर्नुभयो ।
जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त भएको संविधानमा सबै प्रकारका विशेषता समेटिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले जनताको मौलिक अधिकारका दृष्टिले पनि जनतालाई अधिकार सम्पन्न बनाएको संविधान महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले राजनीतिक आन्दोलन पुरा भएको जिकिर गर्दै अव नेपाली जनता पछाडी फर्किन नसक्ने र पछाडी फर्काउने काम पनि स्वीकार्य नभएको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जारी भएको संविधान कार्यान्वयनमा तीन तहका सरकार कृयाशिल रहेको र आर्थिक बिकास समृद्धिको काममा सरकारले काम गरेको उल्लेख गर्नुभयो ।
विशेष समारोह पुर्व बुटवलको राजमार्ग चौराहादेखि बिभिन्न जातजातीका भेषभुसा तथा संस्कृतिका झाँकी सहितको ¥याली प्रदर्शन गरिएको थियो । झाँकी सहितको ¥यालीमा ९६ समुह सहभागि भएका थिए । त्यसमध्ये उत्कृष्ट १० वटा समुहलाई पुरस्कृत गरिएको थियो ।
झाँकी सहितको ¥यालीमा तिलोत्तमा नेवा मयजु खलः रुपन्देही प्रथम, पद्म चैत्य बिहार बुटवल १ र कालिका मानवज्ञान माध्यमिक बिद्यालय द्वितीय र जीतगढी सराँय व्यबस्थापन समिति बुटवल, सैनामैना नगरपालिका तथा नेवा समाज प्रदेश पाँच रुपन्देही तृतीय भएका थिए । त्यस्तै राधेश्याम महिला भजन मण्डली बुटवल, क्षेत्री समाज नेपाल रुपन्देही, खेमा तम छोंज धी देवदह र थारु सांस्कृतिक मयुर नाच सान्त्वना भएका थिए । झाँकीमा उत्कृष्ट समुहलाई क्रमश ः प्रथमलाई ४० हजार, द्वितीयलाई २६ हजार ६६७, तृतीयलाई १३ हजार ३३३ र सान्त्वनालाई ९ हजार ३३३ रुपैंया पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई प्रदेश पाँचका प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री पोखरेलले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।
संविधान दिवसकै अवसरमा साँझ बुटवल मण्डप स्थित गणतन्त्र स्तम्भमा दीपावली गर्ने कार्यक्रम रहेको छ । प्रदेश सरकारले संविधान दिवसलाई बिशेष रुपमा तीन दिनसम्म मनाउने निर्णय गरेको थियो । सोही अनुसार बिहिबार सरसफाई, सरकारी कार्यालय तथा चोकहरुमा राष्ट्रिय झण्डा फहराएको छ भने शनिबार रक्तदान तथा लुम्बिनीमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम तय गरेको छ । त्यस्तै सरकारी कार्यालयमा तीनै दिन साँझ दीपावली गरिएको छ ।

≪ Previous Post

संविधान दिवसमा मुख्यमन्त्री र प्रदेश प्रमुखको शुभकामना

Next Post ≫

लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रदेश अध्यक्षमा पाण्डे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क