Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संविधान दिवसमा मुख्यमन्त्री र प्रदेश प्रमुखको शुभकामना
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संविधान दिवसमा मुख्यमन्त्री र प्रदेश प्रमुखको शुभकामना

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0
संविधान दिवसमा मुख्यमन्त्री र प्रदेश प्रमुखको शुभकामना
70
SHARES
ShareTweet


बुटवल, ३ असोज । संविधान दिवसको अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शँकर पोख्रेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी, दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहांले यस ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गर्नुभएको छ ।
नेपाली जनताको एकताबद्ध र लामो संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ नागरिकका छोराछोरीले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको हो शुभकामना सन्देशमा भनिएको छ ।
नयाँ संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको हो भन्दै मुख्यमन्त्री पोख्रेलले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको उल्लेख गर्नुभएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्ने अभियानमा हामी अघि बढेका छौं मुख्यमन्त्री पोख्रेलले शुभकामना सन्देशमा भन्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्छ भन्दै उहांले संविधान दिवसलाई सिंगो मुलुकले उत्सवका रुपमा मनाइरहँदा हामीले पनि विभिन्न कार्यक्रम आयोजना गरी उत्सवका रुपमा मनाउन लागिरहेका छौं भन्नुभएको छ ।
राजनीतिक स्थायित्व र सुशासनको लागि यो महत्वपूर्ण आधारशीलाको रुपमा रहने हाम्रो विश्वास छ शुभकामना सन्देशमा उल्लेख छ ।
‘ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेका छौ । संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि नागरिकहरु विकास र समृद्धिको व्यग्र प्रतीक्षामा छन् । तीनै तहमा निर्वाचन मार्फत राजनैतिक नेतृत्व स्थापित भएपछि संघीयताको राजनीतिक आधारशीला खडा भएको छ ।’ शुभकामना सन्देशमा भनिएको छ ।
यसक्रममा कर्मचारी समायोजनले प्रशासनिक संघीयता कार्यान्वयन हुँदैछ भने आवश्यक कानुन निर्माण गर्दै शासन प्रणालीलाई स्थापित गर्ने महत्वपूर्ण काम भएको छ । कानुनी, प्रशासनिक र संरचनागत हिसावले संघीयतालाई व्यवहारमा कार्यान्वयन गर्न अझै धेरै काम गर्न वाँकी छ सन्देशमा भनिएको छ ।


राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा संभव छ । राष्ट्रिय एकतालाई खल्बलाउने गरी हुने कतिपय हर्कतका प्रयत्नलाई नागरिकको बलियो एकता र विश्वासबाट निस्तेज हुने विश्वास लिएको छु मुख्यमन्त्रीले सन्देशमा भन्नुभएको छ ।
राजनीतिक स्थायित्व र सुशासन विना विकास र समृद्धिको कल्पना गर्न सकिदैन । राज्य वलियो नभई जनअधिकारले सुसज्जित संविधानले प्रत्याभूत गरेका मौलिक हकहरुको संरक्षण हुन सक्दैन त्यसैले आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु मुख्यमन्त्री पोख्रेलले सन्देशमा भन्नुभएको छ ।

यस्तै प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले पनि संविधान दिवसको अवसरमा शुभकामना सन्देश ब्यक्त गर्नुभएको छ ।
नेपाली जनताको पूर्ण सार्वभौमसत्ता सम्पन्न हुने उद्देश्यले गरेको लामो बलिदानीपूर्ण संघर्षको परिणाम स्वरुप नेपालको संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान दिवस–२०७६ को पावन अवसरमा म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु प्रदेश प्रमुख झाले आफ्नो शुभकामना सन्देशमा भन्ुभएको छ ।
उहांले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएका बलिदानीपूर्ण आन्दोलनका सहिदहरु प्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्नुभएको छ ।
नेपालको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक तथा मानव अधिकार, प्रेस स्वतन्त्रता, कानूनी राज्यको अवधारणा लगायत प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने लक्ष्य रहेको छ प्रदेश प्रमुखले सन्देशमा भन्नुभएको छ ।
सन्देशमा नेपालको भौगोलिक, जातीय, भाषिक र साँस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा सार्वभौमसत्ता सम्पन्न स्वाधीन नेपाली नागरिकहरुबीच ऐक्यबद्धता कायम गराई सबल राष्ट्र निर्माण हुने उद्देश्य राखेको उल्लेख छ ।
जनादेशप्राप्त संघ, प्रदेश र स्थानीय सरकारहरु संविधानले मार्गनिर्देश गरेको लक्ष्यतर्फ जनतालाई अग्रसर गराउनको लागि नीति, ऐन, नियम, योजना, कार्यक्रम, बजेट तर्जुमा र कार्यान्वयनको प्रक्रियामा रहेका छन् भने यी प्रक्रियाहरुमा तत् क्षेत्रका नागरिकहरुको सक्रिय सहभागिताबाट व्यवहारिक योजना तर्जुमा र प्रभावकारी कार्यान्वयनमा वल पुग्न गई गुणस्तरीय प्रतिफल प्राप्त हुने तथा जनताले स्वशासनको अनुभूति गरि राष्ट्रिय एकता अझ बलियो भई समृद्ध प्रदेश‚ सुखी नेपालीको अवधारणा सार्थक हुने विश्वास लिएको छु प्रदेश प्रमुख झाको सन्देशमा उल्लेख छ ।
उहांले आजको यस ऐतिहासिक दिवसले सबै नेपाली नागरिकको उत्साहपूर्ण सहभागीतामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो समृद्धिका लागि एक जुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।

≪ Previous Post

३९ वण्डल पटाकासहित २ जना पक्राउ

Next Post ≫

संघीयता प्रशासनिक खर्चका हिसावले केही खर्चिलो , जनतालाई सेवा सुविधा प्राप्तिका लागि सस्तो: मुख्यमन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क