Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ यातायात सेवालाई प्रभावकारी बनाउन प्रदेशस्तरीय अनुगमन समिति गठन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

यातायात सेवालाई प्रभावकारी बनाउन प्रदेशस्तरीय अनुगमन समिति गठन

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0
यातायात सेवालाई प्रभावकारी बनाउन प्रदेशस्तरीय अनुगमन समिति गठन
80
SHARES
ShareTweet

यात्रु सहायता कक्ष सञ्चालन तथा अनुगमनलाई प्रभावकारी बनाइने



बुटवल ३ असोज । चाडपर्वको समयमा यात्रुको चांप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ् गर्न तथा यातायात सेवालाई सहज बनाउने यातायात व्यबसायीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
सार्वजनिक यातायातको प्रभावकारी सेवा सञ्चालनकालागि बिभिन्न स्थानमा यातायात व्यबस्था कार्यालय, सेवा कार्यालयहरु र सरोकारवालाको समेत प्रतिनिधित्व हुनेगरी यात्रु सहायता कक्ष सञ्चालन तथा अनुगमनलाई समेत प्रभावकारी बनाइने छ ।
प्रदेश पाँच भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा बसेको प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कार्यालयका कार्यालय प्रमुखहरु तथा यातायात व्यवसायी समेतको बैठकले दशैं लगायतका चाडपर्वमा यात्रुको सुरक्षित यात्रा व्यबस्थापनका लागि प्रदेश भित्रका सडकहरुको मर्मतसंभार तथा सुधारको कामलाई निरन्तरता दिने र सवारी मैत्री वातावरण कायम राखेर यातायात सेवालाई प्रभावकारी बनाउने निर्णय गरेको छ । यसकालागि सबै निकायले आफ्नो तर्फबाट पहल गर्ने समेत बैठकबाट निर्णय गरिएको छ ।
त्यस्तै भारतसंग जोडिएका नाकाहरुबाट चाडपर्व मनाउन नेपाल आउने यात्रुहरुलाई सुरक्षित र सहज यात्राको वातावरण तयार गर्न अन्तरसिमा समन्वयकालागि सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले व्यबस्थापन गर्ने छन् भने दशैंको दिन समेत यातायात सञ्चालन गर्नकालागि व्यबस्था मिलाउने व्यबसायीहरुले प्रतिवद्धता जनाएका छन् ।
सोही बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको संयोजकत्वमा भौतिक पूर्वाधार बिकास मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव, प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख, प्रदेश शसस्त्र प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष, सुरक्षित यात्रा अभियान नेपालका अध्यक्ष सदस्य तथा प्रादेशिक सडक तथा यातायात व्यबस्था महाशाखाका प्रमुख सदस्य सचिव रहेको प्रदेश स्तरीय सार्वजनिक यातायात व्यबस्था अनुगमन समिति समेत गठन गरेको छ ।

≪ Previous Post

आज संविधान दिवस :दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन

Next Post ≫

हिजरी संवतमा ७० जनाले गरे रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क