Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज संविधान दिवस :दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज संविधान दिवस :दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0
आज संविधान दिवस :दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन
70
SHARES
ShareTweet


बुटवल, ३ असोज । आज संविधान दिवस । नेपाली जनताको ६ दशकदेखिको सपना साकार पार्दै संविधानसभाले आज कै २०७२ साल असोज ३ गते संविधान घोषणा गरेको थियो । यो दिन नेपाल र नेपाली जनताको लागि खुशी र हर्षको दिन पनि हो ।
नेपाल सरकारले असोज २, ३ र ४ गते तीनै दिन दीपावली गरेर भव्यरूपमा संविधान दिवस मनाउन आमनेपाली जनतामा आह्वान गरेको छ । एक सचेत र सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिक हुनुको कारण यो अभियानमा सरिक हुनु हामी सबैको दायित्व हो ।
‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ ।
असोज २ देखि ४ गतेसम्म हुने मुख्य कार्यक्रममा सरसफाइ, विभिन्न प्रचारात्मक कार्यक्रम तथा दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन हुनेछ ।
जनताका छोराछोरी राष्ट्रप्रमुख हुन पाउने प्रावधानसहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्बन गरेको हाम्रो संविधानसभाले संविधान बनाएको आज पाचौं वसन्त प्रवेश गरेको छ ।
नेपालको इतिहासमा संविधानको यात्रा लामो नभएपनि संख्या भने धेरै छ । अर्थात ६ दशकमा मुलुकमा ६ ओटा संविधान बने तर, सबै संविधानको कार्यान्वयन भने दीगो रहन सकेन ।
‘नेपालको संविधान २०७२’ ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गर्ने प्रयास गरेको छ ।
दोस्रो जनआन्दोलन २०६२÷०६३ मुख्य एजेण्डा बनेको संविधान निर्माण कार्य पहिलो संविधान सभाले पूरा गर्न नसकेपछि पुनः दोस्रो संविधान सभाको स्थापना भयो । लामो समय र धेरै नै रस्साकस्सी पछि अन्ततः तत्कालिन राष्ट्रपति डाः रामवरण यादबद्वारा औपचारिक रुपमा २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ को घोषणा भएको थियो । अत्यधिक बहुमतले पारित गरेको उदाहरणिय र ऐतिहासिक मानिएको संविधान निर्माण र घोषणा नेपाल कै इतिहासमा एउटा महत्वपूर्ण क्षण हो ।
पाँचौं संविधान दिवस २०७६ का अवसरमा सबै सार्वभौमसत्ता सम्पन्न नेपाली जनतामा हार्दिक बधाई तथा शुभकामना !
संविधान दिवसको अवसरमा प्रदेश सरकारले विशिष्ट योगदान दिएका ३५ जनालाई पदक प्रदान गर्ने निर्णय गरेको छ । संविधान दिवसमा घोषणा गरिएको पदक प्रदेश स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पदक पाउने व्यक्तिहरुलाई विभुषित गरिने छ ।
पदक पाउनेमा लुम्बिनीको विकासमा योगदान दिएका जापानका भिक्षु नावातामेलाई मरणोपरान्त बुद्ध शान्ति पदक प्रदान गरिएको छ । त्यसैगरी प्रदेश प्रमुख जनसेवा प्रथम साहित्यकार मोदनाथ प्रश्रित,प्रदेश प्रमुख जनसेवा द्वितीय पत्रकार एंव साहित्यकार कृष्ण सेन इच्छुक मरणोपरान्त, प्रदेशको प्रथम आवधिक योजना तर्जुमा गर्न विशिष्ट कार्य गरेका डा. प्रकाश कुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।


संविधान दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले आज संविधानको बारेमा प्रशिक्षण तथा जिल्लाका १० स्थानमा साँझ दीपावली गर्दैछ ।


नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशिल कोईरालाको नेतृत्वमा जारी भएको संविधान सफल रुपमा कार्यान्वयन गर्ने दायित्व पनि नेपाली काँग्रेसको भएकाले संविधानको कार्यान्वयनलाई जोड दिँदै संविधानका राम्रा पक्षहरुको बारेमा आम जनतालाई जानकारी गराउने उद्देश्यले अन्तरक्रिया सहित प्रशिक्षणको कार्यक्रम राखिएको काँगे्रस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा आयोजना गरिएको प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रममा सहभागि हुन नेपाली काँग्रेसले आम पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई आह्वान गरेको छ ।
त्यस्तै संविधान दिवसकै अवसरमा आज साँझ जिल्लाका १० स्थानमा दीपावली गरिने छ । नेपाली काँग्रेसल े प्रदेश निर्वाचन क्षेत्र अन्तरगत क्षेत्र नं. १ (क) को देवदह नगरपालिकाको खैरेनी, (ख) को तिलोत्तमा नगरपालिकाको कोटिहवा, क्षेत्र नं. २ (क) को योगिकुटी, (ख) को बुटवल ट्राफिकचोक, क्षेत्र नं. ३ (क) को भैरहवाको देवकोटा चोक र (ख) को सुद्धोधन गाउँपालिकाको फर्साटिकरमा दीपावली गर्नेछ ।
त्यस्तै क्षेत्र नं. ४ (क) को रायपुर र (ख)को मझगाउँ, क्षेत्र नं. ५ (क) को लुम्बिनी साँस्कृतिक नगरपालिकाको पर्सा चौराहा र (ख) को सैनामैना नगरपालिकाको दुधराक्ष कलौनीमा दीपावली गरिने छ ।

≪ Previous Post

२०७६ साल असोज ३ गते शुक्रवारको राशिफल

Next Post ≫

यातायात सेवालाई प्रभावकारी बनाउन प्रदेशस्तरीय अनुगमन समिति गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क