४ दिनपछि मनसुन सकिन्छ : मौसमविद्
काठमाडौं, २ असोज । आज अपरान्हपछि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन यता सिमसिमे वर्षा भइरहेको अवस्थामा महाशाखाले आज अपरान्हपछि मौसममा केही सुधार हुने जनाएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
अबको चार दिनपछि अर्थात सेप्टेम्बर २३ पछि यसपालिको मनसुन सकिदैछ भने यो क्रम सेप्टेम्बर महिना भरी जारी हुन सक्ने समेत मौसमविद्हरुले जनाएका छन् ।
मौसमविद्हरुका अनुसार देशको पूर्वी र सुदूरपश्चिमका भागहरुमा आज आकाश खुलिसकेको छ भने मध्य क्षेत्रको आकाशमा भने बादल लागिरहेको भएपनि विस्तारै वर्षा कम हुनेछ ।
मौसमविद् बरुण पौडेलका अनुसार भोलि शुक्रबारदेखि मौसम सफा रहने सम्भावना रहे पनि मनसुनको समय भएकोले कुनै कुनै स्थानमा भने फाट्टफुट्ट पानी पर्न सक्नेछ ।
मौसम विभागले तीनदिनको मौसम पूर्वानुमान यस्तो गरेको छ :
