Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रदेश पाँचको बजेट अधिबेशनको अन्त्य, काम गर्ने बाटो खुल्यो: मुख्य मन्त्री पोखरेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँचको बजेट अधिबेशनको अन्त्य, काम गर्ने बाटो खुल्यो: मुख्य मन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · २ आश्विन २०७६ · 0
प्रदेश पाँचको बजेट अधिबेशनको अन्त्य, काम गर्ने बाटो खुल्यो: मुख्य मन्त्री पोखरेल
120
SHARES
ShareTweet

बुटवल २ असोज
प्रदेश नं. ५ को बजेट अधिबेशन अन्त्य भएको छ । गत जेठ २ गते सुरु भएको प्रदेशको चौथो अधिबेशन एवं बजेट अधिबेशन ४ महिनामा अन्त्य भएको हो ।
यस बीचमा जम्मा १० वटा विधेयक प्रदेश सभामा पेश भएका थिए । जसमध्ये ९ वटा विधेयक पास भएका छन् । शुसासन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला तथा कानुन समितिमा छलफलकै क्रममा भएकाले यो विधेयक भने आउने हिउंदे अधिबेशनमा पास हुनेछ ।
चौथो अधिबेशनको ३२ औ बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक बहुमतले पारि भएको छ । प्रदेश ५ का विभिन्न स्थानीय तहमा निर्वाचित भएका तर, सरकारका सेवा निवृत्त कर्मचारीलाई दोहोरो सुविधा दिने गरी ऐन संशोधन गर्न बनेको विधेयक बिहीबारको बैठकले बहुमतले पारित गरेको हो ।
जनप्रतिनिधीलाई दोहोरो सुविधा दिने गरी ऐन संशोधन गर्न बनेको विधेयकप्रति जनमानसले असन्तुष्टि जनाएपनि अन्ततः प्रदेश सभाको बैठकले ऐन संशोधन विधेयक पारित गरेको छ । यो निर्णय प्रदेशसभाबाट पारित भएसंगै अब जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने छन् ।
प्रदेशका १ सय ९ स्थानीय तहमा ३७ जना भन्दा बढी दोहोरो सुविधा लिने जनप्रतिनिधि छन । यस अघि प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दोहोरो सुविधा लिन नमिल्ने व्यवस्था गरेको थियो । ऐनको दफा ३ र ८ संशोधन गरिएको हो । त्यस अघि बजेट अधिबेशनको अन्त्य हुनु अघि प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विधेयक अधिबेशन समेत मानिएको चौथो अधिबेशनले मुलत काम गर्ने बाटो खुल्ला भएको बताउनु भयो ।

≪ Previous Post

आज अपरान्हपछि मौसममा क्रमिक सुधार हुदै जाने

Next Post ≫

१२ जिल्लाका कलाकार रुपन्देहीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क