Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कावासोतीमा मातृभूमी युवा क्लबको एम्बुलेन्स सेवा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कावासोतीमा मातृभूमी युवा क्लबको एम्बुलेन्स सेवा

संसारपोस्ट संवाददाता · १ आश्विन २०७६ · 0
कावासोतीमा मातृभूमी युवा क्लबको एम्बुलेन्स सेवा
60
SHARES
ShareTweet


नवलपुर, १ असोज । नवलपुरको मातृभूमि युवा क्लव कावासोती–६ ले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवाको बुधबारदेखि औपचारिक शुभारम्भ गरिएको छ ।
कावासोती नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हेमप्रसाद पाण्डेले एम्बुलेन्स सेवाको औपचारिक रुपमा शुरुवात गर्नुभएको हो ।
बुधबार विश्वकर्मा पुजाको अवसरमा बैदिक विधिबाट पुजापाठ सहित रिबन काटी एम्बुलेन्स चलाएर वडा अध्यक्ष पाण्डेले एम्बुलेन्स सेवाको शुभारम्भ गर्नुभएको हो ।
क्लवको पहलमा एम्बुलेन्स खरिदका लागि कावासोती नगरपालिका वडा नं. ६ को वडागत बजेट र बिष्णुनगर सामुदायिक वन उपभोक्ता समुहबाट समेत सहयोग प्राप्त भएको क्लवका सचिव तिर्थराज डुम्रेले जानकारी दिनुभयो ।
बुधबार आयोजित एम्बुलेन्स सेवाको औपचारिक शुभारम्भ एवम् विश्वकर्मा पुजा कार्यक्रममा वडा अध्यक्ष हेमप्रसाद पाण्डेले वडा भित्रका अशक्त विपन्न परिवार र ८४ वर्ष कटेका बृद्धबृद्धाहरुको लागि लाग्ने एम्बुलेन्स खर्चको रकम आफुले उपलब्ध गराउने घोषणा गर्नुभयो ।
एम्बुलेन्स खर्च तिर्न नसक्ने विपन्न परिवार र ८४ वर्ष कटेका बृद्धबृद्धाहरुको एम्बुलेन्स खर्चको रकम आफुले व्यक्तिगत रुपमा उपलब्ध गराउने वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।
कार्यक्रममा बोल्दै बिष्णुनगर सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष घनलाल सापकोटाले कावासोती क्षेत्रमा नै क्लवले उदाहरणिय काम गरेको भन्दै आगामी बर्षहरुमा समेत एम्बुलेन्स सेवा सञ्चालनको लागि समूहको तर्फबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
क्लवका पूर्व अध्यक्षहरु ज्ञान प्रसाद डुम्रे र याम बहादुर थापाले सकेसम्म कसैलाई पनि एम्बुलेन्स सेवा लिनु पर्ने अवस्था सृजना नहोस् भन्ने कामना गर्दै यस क्षेत्रमा आकस्मिक उद्धारको लागि एम्बुलेन्स सेवा सञ्चालन पछि सबैलाई सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
वडागत वजेट र सामुदायिक वनको सहयोग तथा क्लवको आन्तरिक स्रोत समेतबाट एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स सेवाबाट कावासोती र आसपासको क्षेत्रका स्थानीय लाभान्वित हुने विश्वास क्लवका अध्यक्ष भरत गौडेलले व्यक्त गर्नुभयो । क्लवले हाल परिवार नियोजन संघ संगको सहकार्यमा प्रजनन् स्वास्थ्य क्लिनिक समेत सञ्चालन गर्दै आएको छ ।

≪ Previous Post

डेंगुको वासस्थान र लार्भा नस्ट गर्न सिद्धार्थनगरमा अभियान

Next Post ≫

कपिलवस्तु खुल्ला दिसा मुक्त घोषणा संगै सिंगो ५ नं प्रदेश खुल्ला दिसा मुक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क