Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कपिलवस्तु खुल्ला दिसा मुक्त घोषणा संगै सिंगो ५ नं प्रदेश खुल्ला दिसा मुक्त
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तु खुल्ला दिसा मुक्त घोषणा संगै सिंगो ५ नं प्रदेश खुल्ला दिसा मुक्त

संसारपोस्ट संवाददाता · १ आश्विन २०७६ · 0
कपिलवस्तु खुल्ला दिसा मुक्त घोषणा संगै सिंगो ५ नं प्रदेश खुल्ला दिसा मुक्त
130
SHARES
ShareTweet


कपिलवस्तु, १ असोज । प्रदेश नम्वर ५ को कपिलवस्तु जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको छ ।
जिल्लालाई प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्नुभएको हो ।
सो अवसरमा बोल्दै उहांले कपिलवस्तु जिल्ला खुल्ला दिसा मुक्त घोषणा भए सगै सिंगो ५ नम्वर प्रदेश नै खुल्ला दिसा मुक्त प्रदेश भएको बताउनु भयो ।
प्रदेश प्रमुख झाले कपिलवस्तु जिल्ला खुल्ला दिसा मुक्त भएसंगै अब पूर्ण सरसफाईका लागि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । मानिसका आनिबानीमा परिर्वतन र सुधार नआएसम्म खुल्ला दिसा मुक्त भएपनि यसले पूर्णता पाउन नसक्ने भन्दै प्रदेश प्रमुख झाले आनिवानीमा परिवर्तन र सुधार गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो ।
प्रदेश नं ५ अन्तर्गतका सबै जिल्ला यस अघि नै खुल्ला दिसा मुक्त घोषणा भैसकेका छन् । बाँकी रहेको कपिलवस्तु जिल्लालाई भदौ ३१ गते मंगलबार जिल्ला सदरमुकाम तौलिहवामा एक कार्यक्रमको आयोजना गरी खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरिए संगै सिंगो ५ नम्वर प्रदेश नै खुल्ला दिसा मुक्त भएको छ ।
विं.सं. २०६७ साल देखि जिल्लालाई खुल्ला दिसा मुक्त गर्ने अभियान चलाइए पनि अभियानले मंगलबार मात्र सार्थकता पाएको हो ।
साविक लुम्बनी अञ्चलमा ६ जिल्ला मध्ये ५ जिल्ला संघीयता लागु नहुँदै खुल्ला दिसा मुुक्त भएपनि कपिलवस्तु खुल्ला दिसा मुुक्त घोषणा हुन सकेको थिएन । जसका कारण सिंगो लुम्बिनी अञ्चललाई नै खुला दिसा मुक्त घोषणा गर्न कपिलवस्तु बाधक बनेको थियो ।
बुद्ध भूमिका रुपमा संसारले चिन्ने कपिलवस्तु मङ्गलबार खुला दिसा मुक्त जिल्ला घोषणा भए संगै सिंगो प्रदेश नै खुला दिसा मुक्त भएको छ । सरकारले मुलूकलाई २०७६ असोज १३ गते खुल्ला दिसा मुक्त घोषणा गर्दै छ । त्यसैको दबाबमा कपिलवस्तु खुल्ला दिसा मुक्त भएको सरोकारवालाले बताएका छन् ।
सरकारले सन् २०१५ भित्रै मुलूकलाई नै खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य लिए पनि विभिन्न कारणले त्यो पुरा हुन नसके पछि सन् २०१९ को अन्तिम समयमा आएर सरकारले आफ्नो लक्ष्य पूरा गर्न थालेको हो । १० स्थानीय तह रहेको कपिलवस्तुमा सबै स्थानीय तह खुल्ला दिसा मुक्त भएसंगै सिंगो जिल्लालाई नै खुला दिसा मुक्त घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समितिका संयोजक नारायण प्रसाद खनालले १० वटा पालिका दिसा मुक्त क्षेत्र घोषणा भएकोले सो आधारमा जिल्लालाई पनि घोषणा गरिएको हो ।
जिल्ला खुल्ला दिसा मुक्त घोषणा कार्यक्रममा बोल्ने अधिकांश वक्ताले जिल्ला खुल्ला दिसा मुक्त भएसंगै अब पूर्ण सरसफाई तर्फ जानुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा यस अभियानमा खट्ने दर्जनौं व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।
सो अवसरमा पुर्व मन्त्री दिपकुमार उपाध्याय, दानबहादुर चौधरी, प्रदेश सभा सदस्य विष्णु पन्थी, सहसराम यादव लगातले बोल्दै अब पुर्ण सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।

≪ Previous Post

कावासोतीमा मातृभूमी युवा क्लबको एम्बुलेन्स सेवा

Next Post ≫

२०७६ साल आश्विन २ गते बिहिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क