Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ डेंगुको वासस्थान र लार्भा नस्ट गर्न सिद्धार्थनगरमा अभियान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डेंगुको वासस्थान र लार्भा नस्ट गर्न सिद्धार्थनगरमा अभियान

संसारपोस्ट संवाददाता · १ आश्विन २०७६ · 0
डेंगुको वासस्थान र लार्भा नस्ट गर्न सिद्धार्थनगरमा अभियान
80
SHARES
ShareTweet


भैरहवा, १ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभियान थालेको छ । बुधबारदेखि नगरपालिका भित्र डेंगु सार्ने एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको वासस्थान र लार्भा नस्ट गर्ने अभियान अन्तर्गत प्रत्येक घरमा पुगेर ज्वरो आएका तथा डेंगु लागेका विरामीको तथ्यांक संकलन गर्ने र जनचेतना जगाउने अभियान सुरु गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
नगरपालिकाले संचालन गरेको दुई दिने अभियानमा पानी जम्ने ठाउँ नष्ट गर्न, पानी ट्यांकीलाई छोपेर राख्न, कुलर तथा फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेन, र डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा बाहुला भएका वा शरीर ढाकिने लुगा लगाउन, झुलको प्रयोग गर्न, लामखुट्टे भगाउने मल्हम प्रयोग गर्न, घर वरिपरि सफासुग्घर राख्न र पानी जम्ने खाल्डाखुल्डी पुर्न नगरबासीलाई सचेत गराउनुका साथै यी सबै कार्य नगरपालिकाबाट खटिएका कर्मचारी समेत सहभागि हुने नगर उपप्रमुख उमा काफ्लेले बताउनु भयो ।


डेंगु सार्ने लामखुट्टेको वासस्थान र लार्भा नस्ट गर्ने अभियानमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख गीता न्यौपानेको नेतृत्वमा स्वाथ्यकर्मी, अन्य कर्मचारी र स्वास्थ्य स्वयम्सेविकालाई समेत परिचालन गरिएको छ ।
नगरका १३ वटै वडामा ५० वटा केन्द्रमार्फत् १ सय १ जना स्वयम्सेविका तथा स्वास्थ्यकर्मी, कर्मचारी परिचालन गरिएको न्यौपानेले बताउनु भयो । नगरपालिकाका अनुसार अभियानको क्रममा डेंगु रोग लाग्ने कारण र बच्ने उपायबारे नगरबासीलाई सचेत गराइनुका साथै सचेतनामूलक पर्चा पम्पलेट पनि वितरण गरिएको छ ।


नगरपालिकाले यसअघि डेंगु रोग नियन्त्रणका लागि नगरभित्रका विद्यालयहरुमा अभियान चलाइ सकेको जनाएको छ । यो अभियानमा नगरका सबै जनप्रतिनिधिहरु पनि परिचालन भएका छन् ।
वडा कार्यालयमा आउने सेवाग्रागीलाई पर्चा पम्पलेट बाँडिनुका साथै नगरभित्र रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेर डेंगु नियन्त्रणमा लाग्न नगरपालिकाले अपिल गरिसकेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताउनुभयो ।
नगरपालिकाको अपिलसंगै अहिले हरेक विद्यालयका शिक्षक शिक्षिका हरुले पठनपाठन हुनुपूर्व शुरुमा विद्यार्थीलाई डेंगु रोगका बारे जानकारी गराएर मात्रै पठनपाठन सुरु गरेका छन् ।
मुलुकभरी फैलिएको डेंगुले हजारौं नागरिक विरामी भएका छन् । रुपन्देहीमा पनि डेंगुको संक्रमण बढ्दै गएको छ । जिल्लाको अन्यस्थानमा डेंगु संक्रमित बढ्दै गए पनि सिद्धार्थनगरमा भने सामान्य रहेको नगरपालिकाले जनाएको छ । वासस्थान र लार्भा नष्ट गर्ने तथा घरदैलो अभियानले डेंगु संक्रमण फैलन नदिन सहयोग पुग्ने अपेक्षा सहित नगरपालिकाले यस्तो अभियान संचालन गरेको हो ।

≪ Previous Post

टाटा मोटर्स पाटर्सको बुटवलमा आधिकारीक विक्री शुरु

Next Post ≫

कावासोतीमा मातृभूमी युवा क्लबको एम्बुलेन्स सेवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क