बुटवल ३१ भाद्र
रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । उपभोग्य बस्तुहरु विक्री हुने पसलहरुको मंगलबार नगरपालिकाको एक टोलीले अनुगमन गरको हो । उपभोक्ताहरुलाई स्वच्छ खाद्यान्न बस्तु उपभोग गराउँनको लागि सैनामैना नगरपालिकाले नगरभित्र सञ्चालन भएका खाद्यान्न, मासु ,होटल, किराना पसलहरुको अनुगमनलाई तिव्रता दिएको जनाएको छ । मंगलबार ६ वटा पसल तथा होटलको नगरपालिकाले अनुगमन गरेको हो । सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा रहेको पाण्डे किराना पसल, वडा नं. ८ बासँगढीमा रहेको मनिका पारस होटल , प्रशिद्ध किराना , केएन किराना , स्याङ्गजाली किराना र बाग्लुङ्ग काउचा किराना पसलमा नगरपालिकाले अनुगमन गरेको थियो । अनुगमनको क्रममा पसलमा मुल्य सुचि नभएको , म्याद सकिएका खाद्य बस्तु भेटिएको थियो भने होटलको सरसफाईमा कमी भएको अनुगमन टोलीले जनाएको छ । अनुगमनलाई निरन्तरता दिने सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो । हामीले सुरुमा मासु पसलहरुको अनुगमन गर्यौं उँहाले भन्नुभयो, अब खाद्यान्न पसलहरुको अनुगमन गरका छौं । अहिले सुधारको मौंका दिएका छौं , सुधार गर्नको लागि सुचना दिएका छौं भण्डारीले भन्नुभयो अनुगमन गर्दा पनि सुधार भएन भनि कार्यबाही गरिने चेतावी दिनुभयो । अहिले खाद्यबस्तु विक्री हुने पसलहरुको अनुगमन गरेको र अब औषधी पसल, भेटनरी पसलहरुको नियमित रुपमा अनुगमन गरिने बताउँनुभयो । सैनामैना उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर खड्काले नगरपालिकाले अनुगमलाई निरन्तरता दिएर ब्यवसायी र उपभोगलाई सचेत गराउँनु पर्ने बताउँनुभयो । सैनामैनामा धेरै ब्यापारी सचेत भएका छन् उँहाले भन्नुभयो मूल्य सुचि नराखेको पायौं , यसको लागि सुधार गर्नु पर्ने देखियो । अब उपभोत्ता पनि सचेत बन्नुपर्छ खड्काले भन्नुभयो आफुले किन्ने बस्तुको कहिले उत्पादन भएको हो ,उपभोग मिति कति छ हेर्नु पर्ने बताउँनुभयो । उपभोत्ता हित संरक्षण मञ्च सैनामैनाका अध्यक्ष दुर्गा गौतमले उपभोत्ताहरुको हित संरक्षणको लागि नगरपालिकाले निरन्तर रुपमा अनुगमन गरि नागरिकलाई स्वच्छ खाद्यबस्तु उपभोग गर्न पाउँने पर्ने बताउँनुभयो । बजारको स्थिती पहिलेको भन्दा राम्रो छ सैनामैनामा । ब्यापारीलाई पहिले सामानको उपभोग मिति सकिएको थाहा पाउँदैनथे अहिले अनुगमनले गदा ब्यवसायीहरु सचेत भएको बताउँनुभयो ।