Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सैनामैनामा बजार अनुगमनलाई तिव्रता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनामा बजार अनुगमनलाई तिव्रता

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७६ · 0
सैनामैनामा बजार अनुगमनलाई तिव्रता
40
SHARES
ShareTweet

बुटवल ३१ भाद्र
रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । उपभोग्य बस्तुहरु विक्री हुने पसलहरुको मंगलबार नगरपालिकाको एक टोलीले अनुगमन गरको हो । उपभोक्ताहरुलाई स्वच्छ खाद्यान्न बस्तु उपभोग गराउँनको लागि सैनामैना नगरपालिकाले नगरभित्र सञ्चालन भएका खाद्यान्न, मासु ,होटल, किराना पसलहरुको अनुगमनलाई तिव्रता दिएको जनाएको छ । मंगलबार ६ वटा पसल तथा होटलको नगरपालिकाले अनुगमन गरेको हो । सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा रहेको पाण्डे किराना पसल, वडा नं. ८ बासँगढीमा रहेको मनिका पारस होटल , प्रशिद्ध किराना , केएन किराना , स्याङ्गजाली किराना र बाग्लुङ्ग काउचा किराना पसलमा नगरपालिकाले अनुगमन गरेको थियो । अनुगमनको क्रममा पसलमा मुल्य सुचि नभएको , म्याद सकिएका खाद्य बस्तु भेटिएको थियो भने होटलको सरसफाईमा कमी भएको अनुगमन टोलीले जनाएको छ । अनुगमनलाई निरन्तरता दिने सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो । हामीले सुरुमा मासु पसलहरुको अनुगमन गर्यौं उँहाले भन्नुभयो, अब खाद्यान्न पसलहरुको अनुगमन गरका छौं । अहिले सुधारको मौंका दिएका छौं , सुधार गर्नको लागि सुचना दिएका छौं भण्डारीले भन्नुभयो अनुगमन गर्दा पनि सुधार भएन भनि कार्यबाही गरिने चेतावी दिनुभयो । अहिले खाद्यबस्तु विक्री हुने पसलहरुको अनुगमन गरेको र अब औषधी पसल, भेटनरी पसलहरुको नियमित रुपमा अनुगमन गरिने बताउँनुभयो । सैनामैना उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर खड्काले नगरपालिकाले अनुगमलाई निरन्तरता दिएर ब्यवसायी र उपभोगलाई सचेत गराउँनु पर्ने बताउँनुभयो । सैनामैनामा धेरै ब्यापारी सचेत भएका छन् उँहाले भन्नुभयो मूल्य सुचि नराखेको पायौं , यसको लागि सुधार गर्नु पर्ने देखियो । अब उपभोत्ता पनि सचेत बन्नुपर्छ खड्काले भन्नुभयो आफुले किन्ने बस्तुको कहिले उत्पादन भएको हो ,उपभोग मिति कति छ हेर्नु पर्ने बताउँनुभयो । उपभोत्ता हित संरक्षण मञ्च सैनामैनाका अध्यक्ष दुर्गा गौतमले उपभोत्ताहरुको हित संरक्षणको लागि नगरपालिकाले निरन्तर रुपमा अनुगमन गरि नागरिकलाई स्वच्छ खाद्यबस्तु उपभोग गर्न पाउँने पर्ने बताउँनुभयो । बजारको स्थिती पहिलेको भन्दा राम्रो छ सैनामैनामा । ब्यापारीलाई पहिले सामानको उपभोग मिति सकिएको थाहा पाउँदैनथे अहिले अनुगमनले गदा ब्यवसायीहरु सचेत भएको बताउँनुभयो ।

≪ Previous Post

जथाभावी प्राकृतिक दोहनले वातावरण बिग्रियो

Next Post ≫

समयमा नै जनता र नेतृत्व सजग नभए मुलुक अर्को संकटमा : भरत दाहाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क