Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ समयमा नै जनता र नेतृत्व सजग नभए मुलुक अर्को संकटमा : भरत दाहाल
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समयमा नै जनता र नेतृत्व सजग नभए मुलुक अर्को संकटमा : भरत दाहाल

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७६ · 0
समयमा नै जनता र नेतृत्व सजग नभए मुलुक अर्को संकटमा : भरत दाहाल
130
SHARES
ShareTweet


बुटवल, ३१ भदौ । राष्ट्रिय पुनर्जागरण अभियानका संयोजक भरत दाहालले मुलुकमा वैदेशिक हस्तक्षेप बढ्दै गएको बताउदै नागरिक समयमै सचेत नभए मुलुक ठूलो दुर्घटनामा पर्ने सम्भावना रहेको बताउनु भएको छ ।
मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक दाहालले बिदेसिको इसारामा देशमा निजीकरण र विभिन्न एजेण्डा ल्याउँदै मुलुकलाई चक्रव्यूहमा पारिएको बताउनुभयो ।
मुलुकमा देखा परेको संकट नेपाल र नेपालीद्धारा सिर्जित संकट नभएर बिदेशीहरुले थोपरी दिएको भन्दै उहांले बिदेशीहरुले बिभिन्न एजेन्डामा नेपालीहरुलाई लडाउदै आएको दाबी गर्नुभयो ।
उहांले भन्नुभयो —‘पञ्चायतदेखि हालसम्म विभिन्न एजेण्डामा आन्दोलन भए, कैंयौं पटक सत्ता फेरियो, मन्त्री फेरिए, दुई–तिहाइको सरकार पनि बन्यो तर, देशमा सुशासन र स्थायित्व भएन ।’ उहांले राज्य पुर्नसंरचनाका नाममा विखण्डन भइरहेको बताउँदै संघीयता नै सर्वस्व नभएको जिकिर गर्नुभयो ।
‘संविधानलाई एजेण्डा बनाइयो, दोस्रो प्रयासमा संविधान सार्वजनिक गरियो तर, त्यही संविधान निर्माण गर्ने र सार्वजनिक गर्नेहरु नै संविधान विपरित बोल्दै छन्, विरोध गर्दै छन् ।’ उहांले भन्नुभयो ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बाबुराम भट्टराईलाई इंगित गर्दै संयोजक दाहालले भन्न्ुभयो एक जनाले आदीबासी जनजाती, मधेसी सबै मिलेर अधिकारका लागि आन्दोलन गर्न पर्छ भन्दैछन् भने अर्काले संविधान दिवस नमनाउने बताएका छन् ।’
अभियानका संयोजक दाहालले निजिकरण, बैदेशिक रोजगार, सहयोग जस्ता गतिविधिले देशमा वैदेशिक हस्तक्षेप बढेको बताउदै विभिन्न एजेण्डा ल्याउँदै दलहरुले जनता झुक्काएका छन् तर यथार्थ फरक छ, मुलुकको अर्थतन्त्र घाटामा छ, उद्योगमा भन्दा अनुत्पादक क्षेत्रमा लगानी बढी भएको बताउनु भयो । बेरोजगार सिर्जना गरेर युवा विदेश पठाएर राष्ट्रलाई कमजोर बनाइँदैछ भन्दै उहांले जुनसुकै सरकार र एजेण्डा भएपनि मुख्य एजेण्डा राष्ट्रियता र केन्द्रिय शक्ति हुनुपर्नेमा जोड दिनुभयो ।
‘यो देशमा दुई तिहाइको के.पी.ओलीको सरकार मात्र होइन जुनसुकै सरकार बनेपनि समस्या निरन्तर रहनेछ । जबसम्म राज्य सञ्चालन सम्बन्धी मूल नीति र शक्ति बन्दैन तबसम्म मुलुकलाई खतरा छ । हाल संघीयताका नाममा शक्तिको बाँडफाँड भइरहेको छ यस्तै हो भने नेपाल दोस्रो विश्वयुद्धपछिको प्यालेस्टाइन हुनेछ ।’ उहांको भनाई छ ।
संघीयतामा सार्वभौम राष्ट्र भएपनि व्यवहारमा राष्ट्रियता मुद्दा बनाएर दल सर्वेसर्वा बन्दै राजनीति गरेको बताउँदै सो को विरुद्ध अभियान सुरु गरेको उहांले बताउनु भयो ।
संयोजक दाहालले बुधबार बुटवलमा हुने अन्तरक्रियामा विस्तृत जानकारी गराउने बताउँदै अभियानको पहिलो चरण चितवनमा सम्पन्न गर्ने र पुनः तिहारपछि पश्चिमतर्फ निरन्तरता दिने बताउनु भयो ।
‘देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक संकटका कारण र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमको बारे जानकारी गराउँदै उहांले समयमा नै जनता र नेतृत्व सजग नभए मुलुक अर्को संकटमा पर्ने सम्भावना रहेको बताउनुभयो ।
पत्रकार सम्मेलन अभियानका रुपन्देही जिल्ला संयोजक डाःकृष्ण जैसीको अध्यक्षता र सदस्य गणेश पौडेलको सञ्चालनमा भएको थियो ।
अभियानले बुधबार दिउसो १२ बजे बुटवलको कालिकानगर स्थित एशियन होटलमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

≪ Previous Post

सैनामैनामा बजार अनुगमनलाई तिव्रता

Next Post ≫

२०७६ साल आश्विन १ गते बुधवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क