Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ जथाभावी प्राकृतिक दोहनले वातावरण बिग्रियो
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

जथाभावी प्राकृतिक दोहनले वातावरण बिग्रियो

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७६ · 0
जथाभावी प्राकृतिक दोहनले वातावरण बिग्रियो
50
SHARES
ShareTweet

बुटवल ३१ भाद्र
विश्वस्तरमा नै वातावरण असन्तुलित भएको वातावरण क्षेत्रमा काम गर्ने संघसस्था र त्यस क्षेत्रका विज्ञहरुले चिन्ता गर्दै आएका छन् ।
नेपालमा पर्यावरणको क्षेत्रमा सक्रिय रहेको भू– तथा पर्यावरण संरक्षण अभियान नेपालले जथाभावी प्राकृतिमाथिको दोहोनले वातावरण बिग्रिएको भन्दै खवरदारी गर्दै आएको छ ।
ठूला देशहरुको लापरवाही र नेपालमा भैरहेको जथाभावी प्राकृतिमाथिको शोषणका कारण पर्यावरणमा असर परेको दावी गरेको छ ।
विकासको नाममा प्राकृतिक उत्खनन् हुंदा पर्यावरणमाथि गम्भीर असर परेको भू–तथा पर्यायवरण संरक्षण अभियान नेपालका अध्यक्ष रश्मीराज नेपालीले बताउनु भयो् ।
प्रकृतिको उचित संरक्षण नहुंदा विश्वमा नै पर्यावरणमा असर देखिएको बताए । भू–तथा पर्यायवरण संरक्षण अभियान नेपालले बुटवलमा पत्रकार सम्मेलन गरी मानव समाजबाटै प्रकृतिमाथि दोहोन हुंदा पर्यावरण बिग्रदै गएको चिन्ता गर्नु भयो । पूर्व सांसदसमेत रहेका राष्ट्रिय जनमोर्चाका नेता नेपालीले सरकारले भू– तथा पर्यावरण क्षेत्रमाथि भएको गम्भीर असरमाथि ध्यान नदिएको बताउनु भयो ।
विकास निर्माणका नाममा पहाडी क्षेत्रमा पर्यावरणलाई ध्यान नदिएर जथाभावी डोजर, इस्काभेटरको प्रयोगले प्राकृतिक दोहोन भएको बताउनु भयो । उहाँले देशव्यापी रुपमा बैज्ञानिक वन व्यवस्थापन र सांझेदारी वन बिकासको नाममा वन क्षेत्र अतिक्रमण भइरहेको उल्लेख गर्दै राष्ट्रपति चुरे मधेश संरक्षण विकास समिति चुरे कार्यक्रमलाई स्थानीय निकायलाई अधिकार सुम्पने नाममा प्राकृतिक उत्खनन् भएको बताउनु भयो ।
प्रकृति दोहोनलाई रोक्नुको साटो सरकारले स्वीकृति दिएकाले दाङ, अर्घाआँची, प्युठान, पाल्पा, त्रिशुली, नवलपुर लगायत पूर्वी भावर क्षेत्रमा प्रकृतिकमाथि जथाभावी दोहोन भैरहेको बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाका प्रवक्ता तथा सांसद दुर्गा पौडेलले जथाभावी चुरे पहाड, नदीनाला उत्खनन् भएको र दाउराको नाममा वन जंगलमा चोरी निकासी भएको बताउनु भयो । उहाँले विकासको नाममा अनावश्यक चुरे पहाड, नदीनाला उत्खनन् र वन जंगल फडानी गर्न नहुने बताउंदै विकासको लागि विज्ञहरुको सुझावका आधारमा आवश्यक नदीजन्य पदार्थ निकाल्न सकिने बताउनु भयो । महेश रिजालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

टाटा कम्पनीको बहुप्रतिक्षित ‘एच फाईभ’गाडीको बुटवलमा विक्री शुरु

Next Post ≫

सैनामैनामा बजार अनुगमनलाई तिव्रता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क