Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा नेपाली काँग्रेसको जागरण अभियान
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा नेपाली काँग्रेसको जागरण अभियान

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७६ · 0
रुपन्देहीमा नेपाली काँग्रेसको जागरण अभियान
50
SHARES
ShareTweet


नेता कार्यकर्तामा समन्वय र एकताभाव बढाउन प्रभावकारी हुने


बुटवल, २९ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देश ब्यापी रुपमा पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान संचालन गरेको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर भदौ २४ गतेबाट देशभर एकसाथ शुरु भएको जागरण अभियान आगामी असोज ७ गते समापन गरिने छ । जन्मजयन्तीको अवसरमा सबै प्रदेशसभा निर्वाचन क्षेत्रका तोकिएको स्थानमा १०६ बिरूवा रोपेर अभियानको शुभारम्भ गरिएको थियो ।
देशका ३ सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको जागरण अभियानका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रिय प्रतिनिधिहरु खटिएका छन् । निर्वाचन क्षेत्रमा खटिएका केन्द्रिय प्रतिनिधिहरुले सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधिबारे आफ्ना कार्यकर्ताहरुलाई वडास्तरमा भेला गरेर जानकारी गराएका छन् ।
रुपन्देही जिल्लाका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि जागरण अभियानलाई निरन्तरता दिईएको छ । निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, जनतामा करको बोझ, देशमा नेकपाको दुई तिहाईको सरकार वनेपछि मौलाउदै गएको विकृति, विसंगती र अत्याचारका विषयमा कार्यकर्तालाई सुसूचित गराएका छन् ।
नेपाली काँग्रेस तिलोत्तमा नगरपालिका वडा नम्वर ३ र ४ ले आईतबार संयुक्त रुपमा आयोजना गरेको जागरण अभियानमा केन्द्रीय प्रतिनिधि माधब प्रसाद नेपालले नेकपाको दुई तिहाइ सरकारले गरेका गलत क्रियाकलाप तथा देशमा मौलाउदै गएको भ्रष्टाचार, विकृति र विसंगति, अत्याचार, बलात्कार, हत्यालगायतका गतिविधिको भण्डाफोर गर्नका लागि काँग्रेसले जागरण अभियान संचालन गरेको बताउनु भयो ।
उहांले काँग्रेसका सबै भातृ संस्था निष्कृय भएको अवस्थामा सबै भातृ संस्थाहरुलाई गतिशिल र क्रियाशिल बनाउदै पार्टीका नेता कार्यकर्ताहरुमा समन्वय र एकताभाव बढाउनका लागि पनि जागरण अभियान प्रभावकारी हुने बताउनु भयो । अभियानका क्रममा पार्टी सुदृढीकरण र प्रभाव विस्तारका सन्दर्भमा आम नेता कार्यकर्ताको भावना बुझेर उनीहरुको सुझाव जस्ताको तस्तै प्रतिवेदनका रुपमा पार्टी केन्द्रमा बुझाउने उहांले बताउनु भयो ।
कार्यक्रममा सहभागि काँग्रेस कार्यकर्ताहरुले गुटबन्दीले पार्टीलाई तहसनहस वनाएको, भातृ संस्थाहरुले पुर्णता नपाएको, सरकारी रबैयाका विरुद्ध पार्टीले सशक्त भूमिका निर्वाह नगरेको, कार्यकर्तालाई भन्दा नेताहरुलाई जगाउने जागरणको आवश्यक्ता रहेको लगायतका भनाई राखेका थिए ।


कार्यक्रममा काँग्रेस नेता रोमणि प्रसाद पाठकले जवसम्म पार्टीमा ६०÷४० को भागवण्डा कायम रहन्छ तवसम्म काँग्रेसमा सांगठनिक सुधार नआउने र यस्ता जागरण अभियानले पनि कुनै परिवर्तन नल्याउने धारणा राख्नुभयो ।
काँग्रेसमा सबैलाई समेटेर लैजान सक्ने नेतृत्वको अभाव खट्किएको भन्दै नेतृत्वले पार्टीमा समायोजन र ब्यवस्थापन संगै जातिय विभेदको अन्त्य गरेर बिशेष एजेण्डा सहित मेची महाकाली अभियान संचालन गर्ने हो भने काँग्रेसको आधारशिलालाई कसैले ढाल्न नसक्ने तर्क गर्नुभयो ।
नेपाली काँग्रेस तिलोत्तमा ३ का सभापति कर्ण बहादुर टण्डनको सभापतित्व, ४ का सभापति किशोर सुबेदीको स्वागत तथा ४ का सचिव मातृका ज्ञवालीको संचालनमा भएको जागरण अभियानमा पार्टी जिल्ला सचिव रामकृष्ण खाँण, महासमिति सदस्य यम बहादुर खत्री, प्रेमनारायण खरेल, क्षेत्रीय सभापति हरि लम्साल, जिल्ला सदस्य हरिप्रसाद तिवारी, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, प्रदेश ‘क’ का सभापति माधव देवकोटालगायतले कार्यकर्ताले राखेका जिज्ञासा मेटाउदै सरकारले गरेका गलत क्रियाकलापका विरुद्ध सडक संघर्षका लागि जागरण अभियान संचालन गरिएको बताउनु भयो ।
कार्यक्रममा काँग्रेस कार्यकर्ताहरु मित्रलाल न्यौपाने, चन्द्रमणि न्यौपाने, शालिकराम वस्ती, फर्सुराम भण्डारी, भगवती बेलवासेलगायतले जागरण अभियानको औचित्य र पार्टीको संगठन सुदृढिकरणलगायतका विषयमा पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिसंग जिज्ञासा राख्नुभएको थियो ।
जागरण अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका कार्यक्रम निर्धारण गरिए पनि प्राय सबै कार्यक्रममा सुन्ने भन्दा बोल्ने क्रम नै बढि भएको कार्यकर्ता बताउछन् ।

≪ Previous Post

संविधान पुनर्लेखन उत्तम विकल्प : जनमुक्ति पार्टी

Next Post ≫

थारु पत्रकार संघ कपिलवस्तुमा बधाई तथा शुभकामना आदान प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क