सरिता थारु
कपिलबस्तु, २९ भदौ । थारु पत्रकार संघ नेपाल शाखा कपिलबस्तु र थारु बगिया कपिलबस्तुको संयुक्त बैठक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा थारु पत्रकार संघको चितवनमा सम्पन्न महाधिवेशनबाट सचिवमा निर्वाचित कमल चौधरी, कपिलबस्तु शाखा उपाध्यक्ष रामअवतार चौधरी केन्द्रीय सदस्य, सदस्य संजय चौधरी थारु बगियाको जिल्ला अध्यक्ष तथा बुद्ध सनेस मिडिया गु्रपको संयोजकमा सीमा चौधरी सर्वसम्मत चयन भएकोमा बधाई सहित शुभकामना आदान प्रदान गरिएको हो ।
सोही अवसरमा थारु बगियाको बाणगंगा नगरस्तरिय तदर्थ कमिटी समेत गठन भएको छ । वडा नंं ७ की प्रियांका थारुको अध्यक्षतामा ४ जना पछि मनोनित गर्नेगरी ७ सदस्यीय तर्दथ समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा आशिष चौधरी, सचिवमा प्रियंका चौधरी, सह–सचिवमा रन्जना थारु र कोषाध्यक्षमा रञ्जिता थारु चयन भएका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मी थारु र रञ्जु थारु चयन भएका छन् ।

सो अवसरमा बोल्दै थारु पत्रकार सघं नेपालका केन्द्रिय सचिव कमल चौधरीले थारु समुदायमा रहेको विकृती विसंगतिलाई हटाउदै थारु जातिको कला संस्कृतीको संरक्षणका लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले थारु समुदायका कला संस्कृतीलाई पत्रकारिताको माध्यमबाट उजागर गर्ने समेत औल्याउनुभयो ।
यस्तै कार्यक्रममा थारु बगियाका केन्द्रिय सह–सचिव महादेव चौधरी, थारु कल्याणकारीणी सभा कपिलबस्तुका जिल्ला सभापति उमाशंकर चौधरीले पनि आफ्ना धारणा राख्नु भएको थियो ।
थारु पत्रकार सघं कपिलबस्तु अध्यक्ष श्याम सिटीको अध्यक्षता, थारु बगियाका जिल्ला सचिव नरेश चौधरीको स्वागत तथा थारु पत्रकार संघका जिल्ला सचिव सरिता थारुको संचालनमा कार्यक्रम भएको थियो ।