Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको छः अध्यक्ष पालुङ्वा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको छः अध्यक्ष पालुङ्वा

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0
अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको छः अध्यक्ष पालुङ्वा
80
SHARES
ShareTweet

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङ्वाले अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको आरोप लगाएका छन् । राष्ट्रिय महिला मोर्चाको पाँचौ राष्ट्रिय महाधिवेशनको आज शुक्रबार तिलोत्तमा मंगलापूरमा उद्घाटन् गर्ने क्रममा सो कुरा बताएका हुन् । भ्रष्टाचार गर्नेलाई देशद्रोह सरहको अपराध मान्नु पर्ने र भ्रष्टाचार विरुद्धका अहिले भएका व्यवस्था तथा कारबाही खपुग रहेको बताउँदै उनले भ्रष्टाचार छानविनका लागि शक्तिशाली नागरिक आयोग नै गठन गर्नुपर्ने माग बताए । ‘अर्बौको रकम भ्रष्टाचार गर्नेलाई एक÷दुई लाख रुपैयाँ धरौटी लिएर अदालतले छाडिदिन्छन्’ उनले भने –‘अदालतको यो कार्यले भ्रष्टाचारीलाई कानुनी रुपमा चोख्याउने र संरक्षण गर्ने कार्य भएको छ ।’ भ्रष्टाचार छानविनका लागि स्वतन्त्र र अधिकार प्राप्त नागरिक आयोग गठन गर्नुको विकल्प नभएको उनले बताए । अन्यथा, अरबौं भ्रष्टाचार गर्ने दुईचार लाख विगो बुझाएर उम्किने प्रवृति हावी हुने उनको धारणा थियो । नेपालले आर्थिक समृद्धि हाँसिल गर्न नसक्नुमा एक प्रमूख कारक तत्व भ्रष्टाचार भएको अध्यक्ष पालुङ्वाको दावी थियो । भ्रष्टाचारलाई न्युनिकरण नभई निर्मुल नै पार्नुपर्ने उनले बताए । यसका लागि भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्नुपर्ने, आजीवन कारवासको संजाँय, भ्रष्टाचारीको सम्पत्ती राष्ट्रियकरण र शक्तिशाली नागरिक आयोग गठन जस्ता कुराहरुलाई संवैधानिक रुपमै व्यवस्था गर्न सरकारसंग आफ्नो पार्टीले माग गरेको उनले बताए । महिलाहरुले सामाजिक र राजनैतिक अधिकार प्राप्तिका लागि घरको चुलो र चौकाबाट आफुलाई बाहिर निकाल्नु पर्ने पनि उनले बताए । पाँचौं राष्ट्रिय महाधिवेशन मूल तयारी समितिका संयोजक लिलमाया रानाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्षहरु होमाया गुरुङ, रविन्द्र उच्च नेपाली र कमला थापा, उपमहासचिव तारा वलाल, केन्द्रिय सचिव मनिराज चौंलागाई, सदस्य शर्मिला महरा, संघीय महासभा सदस्य नरजङ्ग गुरुङ, पार्टीका प्रदेश नं ५ अध्यक्ष झम बहादुर गुरुङ, नेताहरु रिना पचभंैया, मधु मालती बुढाथोकी, गीता सारु लगायतले बोलेका थिए । महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिने आयोजकले जनाएको छ ।

≪ Previous Post

चौथो अंगको भूमिका झन् वढि आवश्यकःः चन्द्र भण्डारी

Next Post ≫

मोटरसाईकल चोरी गर्ने पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क