Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ चौथो अंगको भूमिका झन् वढि आवश्यकःः चन्द्र भण्डारी
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

चौथो अंगको भूमिका झन् वढि आवश्यकःः चन्द्र भण्डारी

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0
चौथो अंगको भूमिका झन् वढि आवश्यकःः चन्द्र भण्डारी
80
SHARES
ShareTweet



बुटवल ।
शान्तिका लागि संचार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिजिनको ११ औं साधारण सभा तथा चौंथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै ब्यवस्थापिका , कार्यपालिका र न्यायपालिकाको अनुगमन गर्ने निकाय चौंथो अगं पत्रकारिता भएकाले पत्रकारले जनतामा जागरण ल्याउँनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको प्रमुख अथिति समेत रहनु भएका उँहाले सरकाले गरेका हरेक काममा प्रेसले निगरानी गर्नुे पर्ने बताउँनुभयो । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरो प्रभावितको लागि बुद्ध सामुदायिक टेलिभिजनले डाक्टर सहित सेवा प्रवाह गरेर उदाहरणिय सामाजिक काम गरेकोमा प्रशंसा ब्यक्त गर्नुभयो । सरकारले गर्नु पर्ने काम मिडियाले गरेको उँहाले बताउँदै बुद्ध सामुदायिक टेलिभिजनले पहिरो प्रभावित क्षेत्रमा शिविर सञ्चालन गरेको बताउँनुभयो । सिद्धबाबा क्षेत्रमा वर्षेनि पहिरो जाँदा मानिसको अकालमा ज्यान गएको छ भण्डारीले भन्नुभयो नेताले सिद्धबाबामा सुरुङ्ग मार्ग बनाउँने भाषण गरेको वर्षाै हुँदा समेत भाषणमा नै सीमित हुनु दुखद भएको बताउँनुभयो । सिद्धबाबामा १ किलोमिटरको सुरुङ्गमार्ग बनाउँन नसक्ने सरकारले कालिगण्डकीको पानी डाईभर्सन गरेर तिनाउँ नदिमा ल्याउँनु सपना जस्तै भएको दाबी गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष पृथबहादुर फौंदारले लोकतन्त्रको मेरुदण्ड प्रेश स्वतन्त्रता भएको र संचार गृहका लागि सम्पादकीय स्वतन्त्रता भएको बताउँनुभयो । सामुदायका लागि स्थापित बुद्ध टेलिभिजनले जनतालाई सूसुचित हुने अधिकारलाई प्राथमिकता दिएर आवाज बिहिनहरुको आवाज बनेको बताउँनुभयो । अध्यक्ष फौंदारले देशभर टेलिभिजन २४ घण्टा देशभरमा प्रशारणमा रहेको र डिसहोम र सेटलाईट मार्फत प्रशारण अबको लक्ष्य रहेको बताउँनुभयो । प्रदेश ५ क्षेत्रका समाचारलाई प्राथमिकता टेलिभिजनले दिएको उँहाले बताउँनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकालले द्धन्दको ब्यवस्थापन गर्दै टेलिभिजनलाई सबै जनताको बनाउँनु पर्नेमा जोड दिनुभयो । टेलिभिजनका पुर्व अध्यक्ष तथा अधिबक्ता बेन बहादुर पौडेलले अहिले मिडिया शक्तिशाली भएकाले जनतामा सही सुचना दिनु पर्नेमा जोड दिनुभयो । प्रध्यापक संघका केन्द्रीय अध्यक्ष तथा टेलिभिजनका कानूनी सल्लाहाकार बुद्ध बहादुर थापाले असाय उत्पीडनमा परेका जनताको आवाज मिडिया बन्दै गएको बताउँनुभयो । जनताको आशा पत्रकारिता जगतमा रहेको उँहाले बताउँनुभयो । नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डेयले सबैको साँझा टेलिभिजन बुद्ध टेलिभिजन बन्नु पर्ने बताउँनुभयो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोबिन्द खनालले जनताले सही सुचना पाउँनु पर्ने हक भएको बताउँदै सरकारले सहज रुपमा सुचना दिनु पर्ने बताउँनुभयो । कार्यक्रम टेलिभिजनका उपाध्यक्ष ओम ज्ञवालीको स्वागत तथा कार्यक्रम प्रमुख खेमराज रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

≪ Previous Post

छिमेकी मुलुकसंगको सम्वन्ध सुमधुर : मन्त्री ज्ञवाली

Next Post ≫

अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको छः अध्यक्ष पालुङ्वा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क