Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ छिमेकी मुलुकसंगको सम्वन्ध सुमधुर : मन्त्री ज्ञवाली
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

छिमेकी मुलुकसंगको सम्वन्ध सुमधुर : मन्त्री ज्ञवाली

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0
छिमेकी मुलुकसंगको सम्वन्ध सुमधुर : मन्त्री ज्ञवाली
70
SHARES
ShareTweet


बुटवल, २७ भदौ । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बर्तमान सरकारले जनताको आशा र अपेक्षा अनुसार विकास निर्माणका काम पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
जनताको समर्थन र विश्वासले वनेको दुई तिहाई बहुमतको सरकार विपक्षीहरूको नकारात्मक भ्रम र प्रचारबाजीलाई चिर्दै सहि दिशा र बाटोमा अघि बढेको दाबि गर्नुभयो । उहांले यहि सरकारको नेतृत्व र पहलमा नेपाल विकासशिल देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने दृढता व्यक्त गर्नुभयो ।
प्रेस संगठन नेपाल रूपन्देहीले शुक्रवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले केही गरेन भनेर चौतर्फी भ्रम छर्ने र धमिलो पानीमा माछा मार्ने प्रयास भैरहेपनि नेकपा नेतृृत्वको सरकारले जुन गतिमा काम गरेको छ यस्तो काम अरु कुनै दलको नेतृत्वले गर्न नसक्ने दावि गर्नुभयो । ’
मन्त्री ज्ञवालीले ठूलो जनसंख्या, विकास र बजार भएका दूई मुलुक भारत र चिनका बिचमा नेपाल रहनु अवसर भएको बताउँदै नेपाल दुवै छिमेकी मुलुकसंग जोडिएर अघि बढ्न चाहेको बताउनु भयो । सरकारको छिमेकी मुलुकसंगको सम्वन्ध सुमधुर भएको प्रष्ट पार्दै मन्त्री ज्ञवालीले भारतको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाईन विस्तार त्यसको उदाहरण उल्लेख गर्नुभयो ।
उहाँले नेपाल र भारतवीचको सम्वन्ध सुमधुर भएको भन्दै आगामी दिनमा समेत यो सम्वन्ध अझै नयाँ आयाममा विस्तार हुने बताउनु भयो । भारत र चीन नेपालका बलियो साझेदार मुलुक भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले ती दुई मुलुकको विकासको लयसंग नेपालको लय कसरी मिलाउन सकिन्छ भन्ने विषयमा अव सोच्नु जरूरी छ भन्नुभयो ।
उहाँले नेपालको नीति भनेको नेपालको आर्थिक विकासलाई केन्द्रमा राखेर छिमेक सम्वन्धलाई बलियो बनाउने आधार तयार गर्ने हो भन्दै अहिले नेपालप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो । मन्त्री ज्ञवालीले नेपालको बैदेशिक रोजगार प्राथमिकतामा नरहेपनि केही वर्षसम्म नेपालमा प्रशस्त रोजगारीका संभावना नभएसम्म त्यो जारी रहने भएको उल्लेख गर्दै हालै मलेसियासंग भएको समझदारीले अव नेपाली युवाहरू शून्य लगानीमा त्यो देशमा रोजगारीका लागि जान सक्ने बाताबरण नेपाल सरकारले तयार गरेको बताउनु भयो ।

≪ Previous Post

रसिया भ्रमणमा रहेको उद्योग संघको टोलीद्वारा राजदुतावासमा छलफल

Next Post ≫

चौथो अंगको भूमिका झन् वढि आवश्यकःः चन्द्र भण्डारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क