Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रसिया भ्रमणमा रहेको उद्योग संघको टोलीद्वारा राजदुतावासमा छलफल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रसिया भ्रमणमा रहेको उद्योग संघको टोलीद्वारा राजदुतावासमा छलफल

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0
रसिया भ्रमणमा रहेको उद्योग संघको टोलीद्वारा राजदुतावासमा छलफल
80
SHARES
ShareTweet

बुटवल, २७ भदौं ।
बैदेशिक भ्रमणका क्रममा रसिया पुगेको रुपन्देही उद्योग संघको प्रतिनिधि मण्डलले मस्कोस्थित नेपाली राजदुतावासमा आयोजित स्वागत तथा छलफल कार्यक्रम सहभागिता जनाउँदै अन्तरक्रिया गरेको छ ।
संघको बार्षिक कार्यक्रम अन्तरगत बैदेशिक भ्रमणमा गएको टोलीले राजदुतावासमा राजदुतसँग छलफल गरेको भ्रमण टोलीमा रहनु भएका संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो ।
एनआरएन अन्तराष्ट्रिय समन्वय कमिटीको समन्वयमा भएको कार्यक्रममा नेपाली राजदुत ऋषिराम घिमिरेले नेपाली उद्योगी टोलीलाई स्वागत गर्दै नेपालमा राजनीतिक स्थायित्वसँगै व्यवसाय विस्तारको सम्भावना बढेको हुँदा उद्योगीहरुले त्यसतर्फ ध्यान दिन आग्रह गर्नु भयो ।
राजदुत घिमिरेले नेपाल र रसियावीचको व्यापार घाटा कम गर्न के गर्न सकिन्छ भन्ने बारेमा दुतावास चिन्तित रहेको बताउँदै त्यसको अध्ययन भैरहेको जानकारी गराउनु भएको थियो । उहाँले रसियामा नेपाली चिया, पश्मिना, गलैचा र हस्तकलाका सामाग्रीको राम्रो माग रहेको स्मरण गराउँदै त्यसको विस्तारका लागि नेपालका उद्योगीहरुसँग समन्वय र सहकार्य गर्ने वातावरण निर्माण जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा भ्रमणको उद्देश्यका बारेमा प्रकास पार्दै संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले विश्वमा भैरहेको औद्योगिक विकास र त्यसबाट नेपाली उद्योगीहरुले कसरी फाइदा लिन सकिन्छ भन्ने उद्देश्य भ्रमणको रहेको बताउनु भयो । अध्यक्ष अधिकारीले रुपन्देही जिल्ला औद्योगिक हबको रुपमा विस्तार हुँदै गइरहेको सन्र्दभमा भ्रमणले अनुभव साटासाट गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।
त्यस अवसरमा अध्यक्ष अधिकारीले रसियामा रहनु भएका एनआरएनका सदस्य लगानीकर्ताहरुलाई रुपन्देहीमा लगानी गर्न आग्रह पनि गर्नु भएको थियो ।
कार्यक्रममा एनआरएनका अध्यक्ष शिवमणी भुर्तेलले रसियाको व्यवसायको स्वरुप र सम्भावनाका बारेमा जानकारी गराउँदै नेपाली उत्पादनको वजारको खोजीसँगै विदेशमा सिकेको शिप, ज्ञान र लगानी स्वदेशमा भित्र्याउन पहल गर्दै आएको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा एनआरएन अन्तराष्ट्रिय समन्वय कमिटीका महासचिव बद्री केसी, निवर्तमान अध्यक्ष रामेश्वर गौतम, उपाध्यक्ष गोविन्द आचार्य, सल्लाहाकार गणेश रामदाम लगायत बोल्नु भएको थियो ।
कार्यक्रममा रसियामा रहेका नेपालीहरुले बिदेशी पूँजी नेपालमा भित्र्याउन राज्यले नीतिगत निर्णयहरुमा परिर्वतन गरी लगानी सुरक्षाको बातावरण निर्माण गर्न आग्रह गरिएको थियो । रसियाबाट नेपालमा लगानीका लागि ठूलो समुह उत्सुक रहेको जानकारी गराउँदै रसियामा रहेका नेपालीहरुले व्यापार व्यवसायमा सफलता हासिल गरेको हुदा विश्वासको बातावरण बनेको जिकिर गरिएको कार्यालय सचिव टीकाराम शमाले बताउनु भयो ।

≪ Previous Post

एम्समा विद्यार्थीलाई धितोपत्र बजारवारे जानकारी

Next Post ≫

छिमेकी मुलुकसंगको सम्वन्ध सुमधुर : मन्त्री ज्ञवाली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क