बुटवल २७ भाद्र
राजमार्ग चौराहा, बुटवल अवस्थित एम्स कलेजले धितो वोर्ड, नेपालको संयोजनमा शेयर बजार एवं धितोपत्र सम्वन्धमा जानकारी गराउन प्राध्यपक एवं विद्यार्थीहरुलाई सहभागी गराई विद्यार्थी संग धितोपत्र बजार विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख दीपक ढकालले लगानीको उपयुक्त क्षेत्र, जोखिम र अवसरहरुको विष्लेषण गर्न यस्ता प्रकारका कार्यक्रमहरु अत्यन्त फलदायी हुने जानकारी गराउनु भयो । प्रमुख प्रशिक्षकको रुपमा धितोपत्र बोड्र्र नेपालका सहायक कार्यकारी निर्देशक कृष्ण प्रसाद पोख्ररेल, निर्देशक अम्बिका प्रसाद गिरि एवं सहायक निर्देशक राजु जि.सि.ले नेपालमा धितोपत्र बजारको अवस्था, भूमिका, आवश्यकता, आस्वा, सि— आस्वा प्रणाली, शेयर बजार, शेयर निश्कासन, क्रेडिट रेटिङ आदि विषयहरुमा अभिमूखिकरण गराउनुभएको थियो । अन्र्तक्रियात्मक शत्रमा सहभागिहरुले नेपालमा धितोपत्र बजारको स्थिति, कर व्यवस्थापन, लगानी छनौट, लगानि गर्दा ध्यान दिनु पर्ने कुराहरुको विषयमा राखिएको जिज्ञासाला्रई सह निर्देशक पोखरेलले जिज्ञासाहरुलाई प्रष्ट पार्नु भएको थियो ।
एम्स एजुकेशन फाउण्डेसनको कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता, क्याम्पस प्रमुख दीपक ढकालको अध्यक्षता, सहायक क्याम्पस प्रमुख विकास श्रेष्ठको संचालनमा भएको कार्यक्रममा +२ संयोजक विनोद शाक्य, प्राध्यापकहरु एवं वित्तिय शंकायका १४० विद्यार्थिहरुको उपस्थिति रहेको थियो ।