भैरहवा, २८ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रमा मोटरसाईकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
भदौ २५ गते दिउसो करिव ३ देखि ४ बजेको समयमा सिद्धार्थनगर नगरपालिका वडा नम्वर १२ प्रहरी टोलमा रहेको प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड अगाडी पार्किङ्ग गरी राखेको लु ३६ प ४१६८ नम्बरको स्पेलेण्डर मोटरसाईकल चोरी गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्वर ९ का २५ बर्षीय सबिर पठानलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले उक्त मोटरसाईकल सिद्धार्थनगर नगरपालिका वडा नम्वर ९ गोलीगढ बस्ने पठानको घरबाट बरामद गरेको हो ।

चोरी भएको उक्त मोटरसाईकल सहित चोरीमा संलग्न पठानलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बीरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।