Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ डेढ तोला सुनको लोभमा ७० बर्षीय बृद्धाको हत्या
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डेढ तोला सुनको लोभमा ७० बर्षीय बृद्धाको हत्या

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0
डेढ तोला सुनको लोभमा ७० बर्षीय बृद्धाको हत्या
80
SHARES
ShareTweet

हत्याको अभियोगमा पक्राउ परेका चार जनालाई प्रहरीले गर्यो सार्वजनिक

रामकुमार श्रेष्ठ




नवलपरासी, २६ भदौ । नवलपरासीको गैडाकोटमा डेढ तोला सुनका कारण एक महिलाले ज्यान गुमाउनु परेको छ ।
मंगलबार दिउँसो गैडाकोट नगरपालिका १५ मनकामना टोलमा लुट्न गएका खोटाङ खिचापोखरी घर भई हाल गैडाकोट १५ बेल्डियामा बस्दै आएका ३६ बर्षीय अर्जुन खड्काले डेढ तोला सुन लुट्ने क्रममा ७० बर्षीय भुमादेवी खत्रीको हत्या गरेका हुन् ।
खत्रीको हत्या अभियोगमा खड्का संगै चार जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत नवलपुरमा म्याद थप गरी प्रहरीले उनीहरुलाई विहीबार सार्वजनिक गरेको छ । मृतक खत्रीको आँखा फुटेको थियो भने टाउको मुख र कानबाट रगत बगेको थियो । खत्रीको हत्यामा संम्लग्न रहेको आशंकामा प्रहरीले खड्कालाई पक्राउ गरेसँगै अन्य ३ जनालाई पनि पक्राउ गरेको हो ।
घटनामा सम्लग्न खड्काले आफूले हत्या गर्ने नियतले नभई कानको सुन लुट्ने क्रममा खत्री लड्न पुगेको तर उनको मृत्यु भएको आफूलाई समेत थाहा नभएको प्रतिक्रिया दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्काले हत्यामा अन्य ३ जनाको सम्लग्न नरहेको तर चोरीका सामान विक्री गर्नमा भने उनीहरु सम्लग्न रहेको बयान प्रहरी समक्ष दिएका छन् ।
बुधबारराति खड्काकी श्रीमती ३५ बर्षीया मिना खड्का, तनहु रिसिङ घर भई हाल गैडाकोट १५ बुद्धचोक बस्ने ४५ बर्षका बसन्तकुमार बराल र बरालकी श्रीमती ३८ बर्षीय कमला बराललाई नियन्त्रणमा लिएको गैडाकोट प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले केही गरगहना समेत बरामद गरेको छ ।
उनीहरुको साथबाट डेढ तेला सुन र २२ लाल सुनका गहना प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरुलाई गैडाकोटबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक मोहनप्रसाद पोख्रेलले घटनाको अनुसन्धान भईरहेको बताउनुभयो । प्रहरी उपरिक्षक पोख्रेलका अनुसार उनीहरुलाई विहीबार अदालतमा लगेर म्याद थप गरिएको छ । पक्राउ परेकाहरुसँगबाट लुटिएका गरगहना समेत बरामद भएकोले हत्यामा उनीहरुको सम्लग्नता रहेको उहांले बताउनुभयो ।


भुमादेवी खत्री मंगलबार दिनभर घरबाट बाहिर ननिस्किएको र राति अबेरसम्म घरमा बत्ति नबलेपछि स्थानीय र वडाअध्यक्षले प्रहरीलाई खबर गर्दा उनी मंगलबार राति ९ बजेतिर मृत अवस्थामा भेटिएकी थिइन् । ।
प्रहरीले बुधबार विहान मात्र कुकुर ल्याएर घटनाको अनुसन्धान शुरु गरेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरेको २४ घण्टा पनि नवित्दै चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरु सबै गैडाकोटमा मजदुरी काम गर्दै आएका थिए ।

≪ Previous Post

श्रोत नखुलेको ४० लाख बढि नगद सहित दुई भारतीय नागरिक पक्राउ

Next Post ≫

मैत्रीपुर्ण ब्याडमिण्टनमा बिशाल र बाबुराम प्रथम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क