Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ श्रोत नखुलेको ४० लाख बढि नगद सहित दुई भारतीय नागरिक पक्राउ
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

श्रोत नखुलेको ४० लाख बढि नगद सहित दुई भारतीय नागरिक पक्राउ

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0
श्रोत नखुलेको ४० लाख बढि नगद सहित दुई भारतीय नागरिक पक्राउ
110
SHARES
ShareTweet


भैरहवा, २६ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ, केही थान रकम उल्लेख भएका चेक, बिभिन्न बैंकका चेक र केही एटिएम कार्ड सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले सिद्धार्थनगरपालिका वार्ड नम्बर १ बाईपास स्थित सडकमा चेकजाँच गर्ने क्रममा भारत थाना नौतनवा, ग्राम लौटन बर्ष २४ को रितेशकुमार मधेसिया र सोही ठाउं बस्ने बर्ष २४ को निरजकुमार अग्रहरीलाई स्रोत नखुलेको ४० लाख बढि नगद सहित बिहीबार अपरान्ह ४ बजे पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भारतवाट शंकाष्पद रुपमा आईरहेको भारतीय यु पी ५६ वाई ७० ४९ नम्वरको मोटरसाईकललाई रोकी मोटरसाइकल चालकले पछाडी बोकेको झोला खान तलासी गर्दा श्रोत नखुलेको अबैध रकम (हुण्डी) सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बीरेन्द्रबहादुर शाहीका अनुसार उनीहरुको साथबाट विभिन्न दरका नेपाली नोटहरु रु ३८ लाख ९३ हजार १००, विभिन्न दरका भारतीय नोट रु १ लाख ६४ हजार सहित जम्मा रु ४० लाख ५७ हजार १०० नगद बरामद भएको छ ।
यस्तै भारतीय यु पी ५६ वाई ७०४९ नम्वरको मोटरसाईकल थान १, बिभिन्न बैंकका बिभिन्न ब्यक्तिको नाममा बिभिन्न मितिमा काटिएका रु २७ लाख ४८ हजार ७०० बराबरको चेक थान १० र बिभिन्न बंैकका चेक बुक थान ५ तथा भारतीय र नेपाली बैंकका एटिएम कार्ड थान ७ समेत उनीहरुबाट बरामद भएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

अर्घाखाँचीको ऐतिहासिक भैरव नाच असौज ३ मा काठमाडौंमा प्रदर्शन

Next Post ≫

डेढ तोला सुनको लोभमा ७० बर्षीय बृद्धाको हत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क