Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मैत्रीपुर्ण ब्याडमिण्टनमा बिशाल र बाबुराम प्रथम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मैत्रीपुर्ण ब्याडमिण्टनमा बिशाल र बाबुराम प्रथम

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0
मैत्रीपुर्ण ब्याडमिण्टनमा बिशाल र बाबुराम प्रथम
60
SHARES
ShareTweet

बुटवल, २६ भदौ । पश्चिमाञ्चल ट्याँकर ढुवानी ब्यवसायी संघ रुपन्देहीले बिहिबार आयोजना गरेको मैत्रीपुर्ण ब्याडमिण्टन प्रतियोगितामा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन प्रथम भएको छ ।
ट्याँकर ढुवानी ब्यवसायी संघले संघ सहित नेपाल आयल निगम कर्मचारी संघ र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बिच आयोजना गरेको प्रतियोगितामा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका खेलाडी बिशाल गैरे र बाबुराम पाठकको जोडी प्रथम भएको हो ।
तिलोत्तमा नगरपालिकाको मधौलिया स्थित कभर्डहलमा आयोजित प्रतियोगितामा पेट्रोलियम डिलर्स एशोसिएसनका खेलाडी गैरे र पाठकले ट्याँकर ढुवानी ब्यवसायी संघका खेलाडी दिपेश शाही र जीवन पुनको जोडीलाई सोझो सेटमा पराजित गरेका हुन् ।


प्रतियोगितामा नेपाल आयल निगम कर्मचारी संघ भलवारीका खेलाडी सन्तोष रेग्मी र सुदर्शन चक्र तृतिय भएका छन् ।
मैत्रिपुर्ण ब्याडमिण्टन प्रतियोगितामा ट्याँकर ढुवानी ब्यवसायी संघ, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन र नेपाल आयल निगम कर्मचारी संघ भलवारीका गरी १० टिमको सहभागिता रहेको थियो ।
ससंस्थागत सम्वन्ध सुधार, स्वास्थ्यका लागि कर्मचारी, ब्यवसायी तथा मजदुर वर्गलाई खेल प्रति रुची जगाउने तथा जागरुक गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

पछिल्लो समय परिर्वतनसँगै मानिसको जीवनमा व्यस्तताले घर गर्दै जानुका साथै आम मानिसको खानपान, जीवनशैली र रहनसहनमा ठूलो परिवर्तन आएको छ । यस्तो परिस्थितिमा मानिसहरू मानसिक र शारिरीक रूपमा स्वस्थ्य रहनु धेरै आवश्यक छ । त्यसैले हाम्रो शरिरलाई चलायमान गराउन जरुरी छ । मानसिक रूपमा स्वस्थ्य हुनका लागि पनि शारिरिक रूपमा स्वस्थ्य रहनु जरूरी रहेकाले हाम्रो दैनिक जीवनमा खेलकुदको महत्वलाई दर्शाउन पनि यस्ता प्रतियोगिताले थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

≪ Previous Post

डेढ तोला सुनको लोभमा ७० बर्षीय बृद्धाको हत्या

Next Post ≫

आजको राशिफल ( २७ भदौ २०७६ शुक्रवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क