Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलपरासीको सरावलमा मोहरम तजिया मेला शुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीको सरावलमा मोहरम तजिया मेला शुरु

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७६ · 0
नवलपरासीको सरावलमा मोहरम तजिया मेला शुरु
60
SHARES
ShareTweet

८ लाखको लागतमा ७० फिट अग्लो तजिया निर्माण



नवलपरासी, २४ भदौ । नवलपरासीको सरावल गाउँपालिकामा मोहरम तजिया मेला शुरु भएको छ । चार दिनसम्म चल्ने मुस्लिम समुदायको तजिया मेला मंगलवारदेखि शुरु भएको हो ।
मुस्लिम समुदायको महानपर्व मध्ये मोहरम पर्व जिल्लाका मुस्लिम समुदायले ठूलो ठुलो तजिया बनाएर मनाउने गर्दछन् । अरबी हिजरीको पहिलो महिना मोहरमको १० तारिखका दिन ईस्लाम धर्मका संरक्षक हजरत ईमाम हुसैन रदीअल्लाहो तआला अन्होको संझनामा कसैले ताजिया बनाएर त कसैले विविध कार्यक्रम गरी मोहरम पर्व मनाउने गर्दछन् ।
नवलपरासी जिल्लाको सिमावर्ती क्षेत्र सरवाल गाउँपालिकामा ठूलो तजिया बनाएर मेला संचालन गरिएको छ । मेलामा करिव ८ लाखको लागतमा ७० फिट अग्लो तजिया निमार्ण गरिएको मोहरम तजिया मेला ब्यवस्थापन समितिका सदस्य सुरेश यादवले जानकारी दिनुभयो ।


मेलामा राखिएको तजिया स्थानीय ६५ वर्षीय जालिम अली अन्सारीले आफ्नी श्रीमती र एक अर्का सहयोगीको साथ लिएर निमार्ण गर्नु भएको हो ।
एक वर्ष लगाएर निर्माण गरिएको तजियालाई बाँसैबाँसमा रङ्गिनचङ्गिन कागज बेरेर सजाएर राखिएको छ ।
मेलामा नेपालका हिन्दु मुस्लिम लगायत भारतबाट समेत हजारांैको संख्यामा दर्शनार्थीहरु ताजियाको दर्शन गर्न र मेला अवलोकन गर्न आउने मेला ब्यवस्थापन समितिका अध्यक्ष अयोध्या यादवले बताउनु भयो । उहांका अनुसार वर्षौदेखि परम्परागत रुपमा मनाईँदै आएको यस ताजिया मेलामा ढाँकतासा, थकरी र लाठीभाला खेलसमेत प्रदर्शन गरिन्छ । मेला सरावल गाउँपालिका वडा नम्वर ४ पूर्नाहामा आयोजना गरिएको छ ।
मंगलवारदेखि शुरु भएको तजिया मेलाको प्रदेश नं ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले एक कार्यक्र बिच उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य अधिकारीले कृषिमा ब्यवसायिक बन्दै अघिबढ्न कृषकहरुलाई आग्रह गर्दै कृषि पेशालाई ब्यवसायिक बनाएर अघिबढेमा कृषकहरुको दैनिक जिवनस्तर वृद्धिसंगै समाज समृद्धि तर्फजान सहयोग पुग्ने धारणा राख्नु भयो ।
मोहरम तजिया विशाल मेलाको समुद्घाटन गर्दै सांसद अधिकारीले उक्तकुरा बताउनु भएको हो । सांसद अधिकारीले प्रदेश सरकारले कृषिलाई पहिलो प्रथामिक्तामा राखेर अघि बढेकाले अहिले ब्यवसायिक कृषकहरुलाई अनुदान समेत दिदै आएको बताउनु भयो ।
उहांले नेपाल बहुभाषिक तथा बहुजातीय देश भएकाले सबै जात जाती,भाषा भाषी एवं धर्मावलम्बीहरुले आ आफ्नै रितिरिवाज अनुसार आफ्ना गतीविधिहरु संचालन गर्ने गरेको धारणा राखनु भयो । पछिल्लो समयमा समाजका हरेक समुदायले मनाउने धार्मीक कार्यमा सबैको सहभागिता हुनलागेको सुन्दर पक्षले समाजका सबै मानिसहरुमा एकता हुनगै समाज समृद्धिमा सहजता सृजना भएको उहांले बताउनु भयो ।


मोहरम तजिया मेला ब्यवस्थापन समितिका अध्यक्ष अयोध्या यादवको अध्यक्षतामा भएको कार्यक्रममा सरावल गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष छोटेलाल यादव, वडा नम्वर ५ का वडाध्यक्ष दिनेश सहानी, तजिया मेला ब्यवस्थापन समितिका सदस्य सुरेश यादव, समाजसेवी सुशान्त घिमिरेलगायतले मेलाको एतिहासिक पक्ष र सांस्कृतिक महत्वका विषयमा प्रकाश पार्नु भएको थियो ।

≪ Previous Post

‘अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण’

Next Post ≫

सुस्तामा १९ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क