Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ ‘अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण’
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण’

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0
‘अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण’
70
SHARES
ShareTweet


कमल चौधरी
चितवन, २३ भदौ । थारु पत्रकार संघ नेपालको केन्द्रीय महाधिवेशनमा कृषि तथा पशुपंक्षी राज्यमन्त्री राजकुमारी चौधरीले थारु समुदायको हक अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण हुने बताउदै निश्पक्ष भएर कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।
मिडिया शक्ति नै समाज र देशलाई परिवर्तन गर्न सक्ने ठुलो शक्ति भएकोले उत्पीडित जातजाति र समुदायको हक अधिकार सुनिश्चित गर्नको लागि सक्रिय भएर कलम चाउन उहांले आग्रह गर्नुभएको हो ।
थारु पत्रकार संघको चौथो केन्द्रीय महाधिवेशन चितवनको सौराहामा उद्घाट गर्दै राज्यमन्त्री चौधरीले पत्रकारहरुले उत्पीडित जात–जाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागि निश्पक्ष रुपले कलम चलाउन आवश्यक रहेको भन्दै थारु समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा थारुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले थारु सचेत पत्रकारहरुले न्यायको पक्षमा कलम चाउन आग्रह गर्नुभयो । थारु पत्रकारहरुले थारु समुदायको अधिकार र पहिचानको सुनिश्चित गर्न र अन्यायको विरुद्धमा कलम चाउन आवश्य रहेको उहांले बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य गंगा चौधरी, लक्ष्मी चौधरी, तेजुलाल चौधरी, प्रदेश सांसद रामलाल महतो, प्रदेश २ का योजना आयोग सदस्य राजकुमार लेखी लगायतले बोल्दै थारु समुदायको हक अधिकार सुनिश्चित गर्न थारु पत्रकारहरु सक्रिया भएर लाग्नुपर्ने बताउनु भयो ।

चार जना पत्रकार सम्मानित



सो अवसरमा विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको थियो । गोरखा लक्की चौधरी ओएसिस राष्ट्रिय पत्रकारीता पुरस्कार, सुमित्रा महतो जोखन जगत रत्गैंया पत्रकारीता पुरस्कार, सुनिल चौधरी सतौन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र पुष्पा चौधरी सहित चार जनालाई नगद सहित उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । त्यस्तै हरेक बर्ष संघले एक जिल्ला शाखालाई पनि उत्कृष्ट शाखा घोषणा गरी सम्मान गर्दै आईरहेको मा यस बर्ष उत्कृष्ट शाखा दुई वटा जिल्ला शाखा पर्न सफल भएका छन् । चितवन शाखालाई महाधिवेशन कार्यक्रमा सम्मान गरियो भने कपिलबस्तु शाखालाई अर्को कुनै कार्यक्रममा उत्कृष्ट शाखा घोषणा गरिने निवर्तमान अध्यक्ष मदन चौधरीले जनकारी दिनुभयो ।

दहितको नेतृत्वमा थारु पत्रकार संघको नयाँ समिति



त्यस्तै केन्द्रीय महाधिवेशनले सन्तोष दहित (दाङ)को नेतृत्वमा थारु पत्रकार संघको नयाँ कार्यसमिति चयन गरेको छ । भदौ २०, २१, २२ र २३ गते चितवनको सौराहमा भएको थारु पत्रकार संघ नेपालको चौथो केन्द्रीय महाधिवेशन बाट १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक लक्की चौधरीले जनकारी दिनुभयो । संघको देशभर १८ जिल्लामा शाखा छ भने करिब अढाईसय पत्रकार आवद्ध छन् ।
महाधिबेशनबाट उपाध्यक्षमा उन्नती चौधरी (कैलाली), महासचिबमा सन्त कुमार चौधरी (चितवन), सचिबमा कमल चौधरी (रुपन्देही), कोषाध्यक्षमा दुष्यन्त चौधरी (बारा) रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा राजु चौधरी (चितवन), रामचन्द्र कुश्मी (कञ्चनपुर), हेमन्त चौधरी (बाँके), दिप्ती शिखा चौधरी (दाङ्ग), श्रीराम दहित (दाङ्ग), मधुरानी चौधरी (बाँके), रेनु चौधरी (बारा), शम्भु प्रसाद थारु (बाँके), राम अवतार चौधरी (कपिलबस्तु), चन्द्रिका चौधरी (कञ्चनपुर) चयन भएका छन् ।

९ बुदेँ घोषणापत्र जारी गर्दै महाधिवेशन सम्पन्न



महाधिवेशनले ९ बदें चितवन सौराहा घोषणापत्र जारी गरेको छ । जसमा नेपालको संविधान २०७२ ले थारु समुदायलाई छुट्टै क्लस्टरको व्यवस्था गरेकोले सोही अनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यहरुमा थारु कोटाको छुट्टै व्यवस्था हुनुपर्ने, थारु क्लस्टर छिन्नभिन्न बनाइएकोले थारु पहिचान खुल्ने गरी छुट्टै प्रदेश र सांविधानले व्यवस्था गरेको विषेश क्षेत्र र संरक्षित क्षेत्र निर्माण गर्न, थारु बाहुल क्षेत्र रहेको स्थानीय तहहरुमा थारु मातृभाषालाई कामकाजी भाषा बनाउन, नेपाल सरकार (संघ, प्रदेश र स्थानिय तह) ले पत्रकारिताको विकासका लागि प्रदान गर्ने अनुदान र सहयोग थारु पत्रकार संघलाई उपलब्ध गराउन, मुलधारका मिडियामा थारु समुदायका सवाल प्रकाशन तथा प्रसारण सन्तोषजनक नभएकाले त्यसमा ध्यान दिनुपर्ने लगायतका ९ बुदें घोषणापत्र जारी गरिएको घोषणापत्र तयारी समितिका संयोजक गणेश चौधरीले जानकारी दिनुभयो ।

≪ Previous Post

काउन बुटवलमा एकसय एक युनिट रगत संकल

Next Post ≫

नवलपरासीको सरावलमा मोहरम तजिया मेला शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क