Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ काउन बुटवलमा एकसय एक युनिट रगत संकल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काउन बुटवलमा एकसय एक युनिट रगत संकल

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0
काउन बुटवलमा एकसय एक युनिट रगत संकल
70
SHARES
ShareTweet


बुटवल, २३ भदौ । नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ (काउन) बुटवलले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १ जनाले रक्तदान गरेका छन् । संघले सोमबार बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा निर्माण क्षेत्रमा कार्यरत १ सय १ जना मजदुरहरुले रक्तदान गरेका हुन् ।
रगतको अभाव हुन नदिने उद्वेश्यले काउन बुटवलले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । यसरी आयोजना गरिने रक्तदान कार्यक्रममा अपेक्षा गरेभन्दा धेरै रक्रदान हुने गरेको संघका कोषाध्यक्ष कृष्णलाल भुसालले जानकारी गराउनुभयो ।
नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ बुटवलले आफ्नो दशौं स्थापना दिवसको अवसरमा वार्षिक कार्यक्रम अनुसार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो ।
संघको दशौं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघका केन्द्रिय अध्यक्ष जेवि गुरुङले निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरुले रक्तदानदेखि हरेक काम गरेर समाजलाई सहयोग गरेको बताउनुभयो । रक्तदान जीवनदान भन्ने नारालाई सार्थकता दिने उद्वेश्यले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने गरिएको अध्यक्ष गुरुङले बताउनु भयो । उहांले काउनले आयोजना गर्ने रक्तादन कार्यक्रममा अन्य संघसंस्थाको भन्दा धेरै रगत जम्मा हुने गरेको बताउनुभयो ।
नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ काउन बुटवलका अध्यक्ष सूर्यदेव दासको अध्यक्षता र सचिव तिलबहादुर हिस्कीको सञ्चालनमा भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य नारायण सुनार र रुपन्देही अध्यक्ष बिरबहादुर लामा लगायतले बोल्दै रक्तदानको आवश्यक्ता र महत्वका विषयमा धारणा राख्नुभएको थियो । सो कार्यक्रममा रक्तदान गर्न ईक्षुक तर स्वास्थ्य अवस्थाका कारण रक्तदान गर्न नमिल्ने संघमा आवद्ध ३४ जनाले प्रति ब्यक्ति १ हजारका दरले रु ४३ हजार संस्थागत सहयोग गरेका थिए । रक्तदान गर्ने सबैलाई काउन बुटवलले टि सर्ट प्रदान गरेको थियो ।

≪ Previous Post

नेपाली काँग्रेस सियारीद्वारा सियारी गाउँपालिका घेराउ

Next Post ≫

‘अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क