Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली काँग्रेस सियारीद्वारा सियारी गाउँपालिका घेराउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेस सियारीद्वारा सियारी गाउँपालिका घेराउ

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0
नेपाली काँग्रेस सियारीद्वारा सियारी गाउँपालिका घेराउ
60
SHARES
ShareTweet

एकपक्षिय ढंगले अगाडी बढेको र आर्थिक अनियमितता गरेको आरोप



बुटवल, २३ भदौ । रुपन्देहीको चिल्हिया स्थित सामुदायिक बृक्षारोपण गरिएको जग्गा भूमाफियासंग सांठगांठ गरी सियारी गाउँपालिकाले ब्यक्तिका नाममा दर्ता गराएको भन्दै नेपाली काँग्रेस सियारी गाउँ समितिले सार्वजनिक जग्गा दर्ता खारेज गर्न माग गरेको छ ।
गाउँपालिकाले भू–माफियासँग साँठगाँठ गरी चिल्हिया स्थित कित्ता नम्बर ४५ को ४ विगाह ९ कट्ठा ६ धुर जग्गा विशाल तामाङ्को नाममा दर्ता गराएको आरोप लगाउंदै नेपाली काँग्रेले उक्त जग्गाको दर्ता खारेज गर्न माग गरेको हो ।
सियारी गाउँकार्यपालिकाले जनताले प्रत्यक्ष अनुभव गर्नेगरी कुनै काम नगरेको, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई बेवास्ता गरी एकपक्षिय ढंगले अगाडी बढेकोे, विनियोजित रकम र विकासका काममा आर्थिक अनियमितता गरेको, आर्थिक नीत नियमको अवमूल्यन गरिएको, जनप्रतिनिधिले स्वेच्छाचारिता प्रदर्शन गरेको, जनतावाट उठाईएको राजश्वको दुरुपयोग गरिएको आरोप लगाउंदै नेपाली काँग्रेस सियारी गाउँपालिकाले सोमबार गाउँपालिकाको कार्यालय घेराउ गरी १४ बुंदे ज्ञापन पत्र बुझाएको छ ।
नेपाली कांग्रेस सियारी गाउँपालिकाको आयोजनामा सियारी गाउँपालिकामा भएका आर्थिक अनियमितता, कर्मचारी भर्नामा परिवारवाद र नातावाद हावी, राजश्वको चरम दुरुपयोग भएको र त्यसलाई रोक्न माग गर्दै नारा जुलुस सहित काँग्रेस सहित अन्य राजनैतिक दल सम्वद्ध सयौं नेता कार्यकर्ता गाउँपालिका कार्यालय पुगेका थिए ।
नेपाली कांग्रेस सियारी गाउँपालिकाका सभापति थानेश्वर घिमिरेले गाउँपालिकाका प्रमुख अयोध्या थारुलाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाउँदै निर्वाचित जनप्रतिनिधिलाई विषयगत समितिको संयोजक तोक्न, त्यस्ता समितिमा प्रतिपक्षबाट निर्वाचित प्रतिनिधिलाई राख्न र गैरकानुनी रुपमा बनाईएका विषयगत संयोजक तत्काल खारेज गर्न माग गर्नुभयो ।


सभापति घिमिरेले गाउँपालिका नाताबाद र कृपाबादका आधारमा कर्मचारी नियुक्ति गरिएको भन्दै खुला विज्ञापनका आधारमा योग्य कर्मचारी भर्ना गर्न तथा आस्थाका आधारमा पुराना कर्मचारी निष्काशन गरी आफ्ना कार्यकर्ता भर्ना गर्ने भर्ती केन्द्र नवनाउन आग्रह गर्नुभयो ।
सियारी गाउँपालिका ३ भैसाखादर स्थित रामजानकी मन्दिर र संस्कृत मावि मटिहानी गुठीको नाममा दर्ता रहेको करिव ६० विगाहा जग्गाको केही भागमा २५÷३० परिवार आश्रीत रहेकाले त्यस्ता विपन्न परिवारलाई विस्थापित गरी विदेशी वा स्वदेशी कुनै संघसंस्थालाई उक्त जग्गा नदिन सभापति घिमिरेले गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराउनु भएको छ ।
गाउँपालिका प्रमुख थारुलाई बुझाएको १४ बुंदे ज्ञापन पत्रमा नदीजन्य पदार्थ उत्खनन्मा जनप्रतिनिधीकै मिलेमतोमा चोरी निकासी गरिएको, गाउँपालिकामा वाटो विस्तार गर्दा व्यक्तिको जग्गा परेमा चलनचल्तीको आधारमा मुआब्जा दिनुपर्ने, पुरानो संरचना अनुसार निर्माण भएका सडक तथा नालीको सोही अनुसार मर्मत सम्भार गरिनुपर्ने, गाउँपालिकाले वजेट विनियोजन गर्दा राजनैतिक आस्थाका आधारमा नभई न्यायोचित रुपमा गर्नुपर्ने माग गरिएको छ । नेपाली काँग्रेसले उठाएका मागलाई बेवास्ता गरी गाउँपालिका एकपक्षियरुपमा अगाडी बढेमा काँग्रेस जस्तोसुकै संघर्षका कार्यक्रम गर्न पछि नपर्ने ज्ञापनपत्र मार्फत चेतावनी दिईएको छ ।
काँग्रेसले बुझाएको ज्ञापन पत्र बुझ्दै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन नियम अनुसार जनताको हितमा काम गर्दै आएको बताउनु भयो । उहांले सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकोले कार्यदल बनाएर सार्वजनिक जग्गा संरक्षण गर्ने कार्य भएको, काँग्रेसले आरोप लगाए जस्तो आर्थिक तथा अन्य कुनै अनियमितता नभएको गाउँपालिका प्रमुख थारुले बताउनु भयो ।
गाउँपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएपछि नेपाली कांग्रेसले गाउँपालिका कार्यालय अगाडी विरोधसभा गरेको थियो । विरोध सभामा बोल्ने वक्ताहरुले गाउँपालिकाले बजेट वितरण गर्दा पक्षपात गरेको, राजश्वको दुरुपयोग गरेको, जनहितका काम नगरेको, जनप्रतिनिधिहरुले स्वेच्छाचारिता प्रदर्शन गरेको, एकलौटी ढंगले अगाडी बढेको जस्ता आरोप लगाउंदै यस्ता अनियमितताका कार्यहरु नरोकिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य बुद्धिराम हरिजन, महाधिवेशन प्रतिनिधि जसवन्त कँुवर, पूर्व गाविस अध्यक्ष रंगनाथ गुप्ता, विष्णु बायिना, फोरमका नेता मोहनलाल यादब नेपाली काँग्रेसका क्षेत्रीय सचिव गोपाल पाण्डे, सफिक अहमदलगायतले गाउँपालिकामा भएको अनियमितताको निस्पक्ष छानविन गर्नुपर्ने माग गर्नुभएको थियो ।

≪ Previous Post

खुला सिमानाका कारण नेपाली ब्यवसायीहरु मारमा

Next Post ≫

काउन बुटवलमा एकसय एक युनिट रगत संकल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क