Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ खुला सिमानाका कारण नेपाली ब्यवसायीहरु मारमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खुला सिमानाका कारण नेपाली ब्यवसायीहरु मारमा

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0
खुला सिमानाका कारण नेपाली ब्यवसायीहरु मारमा
60
SHARES
ShareTweet

पुँजी पलायन रोक्न राजश्व अशुलीलाई प्रभावकारी बनाउन माग



बुटवल, २३ भदौ । सरकारले लिएको भन्सार एवं कर नीतिका कारण व्यबसायिक समस्या उत्पन्न भएको सरोकारवाला ब्यवसायीहरुले औंल्याएका छन् । नेपाल भारत खुला सिमानाका कारण नेपाली ब्यवसायीहरु ठूलो मारमा परेको उनीहरुले बताएका छन् ।
भन्सार एवं कर नीतिका कारण व्यबसायिले भोग्नु परेका समस्या र ती समस्या समाधानकालागि बुटवल उद्योग बाणिज्य संघ बुटवलले सम्बन्धित कार्यालयका प्रमुखहरुसंग सोमवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि ब्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा सहभागि यस क्षेत्रका उद्योगी व्यबसायीहरुले खुला सिमानाका कारण सिमा पारिको बजार मौलाउँदै गएको छ भने त्यसको प्रत्यक्ष मारमा नेपाली ब्यवसायीहरु परेको र मुलुकको राजश्व असुलीमा समेत त्यसले प्रभाव पारेको बताए ।
सिमा पारिको बजार मौलाउनु भनेको नेपाली पुँजी पलायन हुनु हो भन्दै उनीहरुले बढ्दो पुँजी पलायनलाई रोक्नकालागि सिमा क्षेत्रका भारतीय बजार गरेर फर्किनेहरुबाट राजश्व अशुली गर्ने पद्धतीलाई प्रभावकारी बनाउन माग गरेका छन् ।
सरकारले भर्खरै लागु गरेको ढुवानीमा अनलाईन ट्रेकिङ् सिष्टम र श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका कारण व्यबसायीलाई व्यबसाय गर्न कठिन भएको बताउँदै त्यसलाई पुनःबिचार गर्न सरकारसंग पैरवीकालागि बिषयत कार्यालयका प्रमुखहरुलाई आग्रह गरेका छन्् ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले खुला सिमानाकाका कारण बुटवल तथा आसपासका व्यबसायीहरु मारमा परेको उल्लेख गर्नुभयो । उहांले यसका कारण सरकारको राजश्वमा समेत प्रभाव पारेकाले उद्योगी व्यबसायीका यथार्थ समस्या पहिचान गरेर समाधानकालागि पहल गरिदिन सम्वन्धित सरोकारवाला कार्यालयका प्रमुखहरुसंग आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले आफूहरु सरकारले गरेका निर्णहरुको कार्यान्वयन गर्ने संयन्त्र भएकाले सरकारले बनाएका ऐन कानुनको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भयो । कार्यान्वयनमा आएका निर्णयलाई पुनःबिचारकालागि नीतिगत रुपमै सुधार गराउने गरी सरकारसंग पहल गर्न आग्रह गर्नुभयो ।
खुला सिमा प्रमुख समस्या रहेको भन्दै भन्सार प्रमुख भट्टराईले खुला सिमाका कारण भएका समस्या समाधान गर्न भन्सार कार्यालयले मात्रै नसक्ने भएकाले सहयोगकालागि हातेमालो गर्न तयार रहेको बताउनु भयो । व्यबसायीहरुले भन्सारमा जिएसटी बिललाई मान्यता दिन गरेको आग्रह प्रति उहाँले जस्ता पनि जिएसटी बिल आउन थालेकाले शंका गर्नु परेको उल्लेख गर्दै शंका गर्ने स्थितिको अन्त्य भए जिएसटी बिललाई नै मान्यता दिईने बताउनु भयो ।
उहाँले ठूटीबारी र महेशपुर बिष्णुपुरा नाकाबाट भन्सार छली गरेर सामान भित्रिने गरेको सूचना प्राप्त भएको बताउँदै त्यसको रोकथामकालागि कार्यालयले निगरानी बढाएको जानकारी समेत गराउनु भयो । व्यबसायीहरुले भन्सार छली गरि नेपाल भित्रिने व्यापारको कारण बैध रुपमा भन्सार गराएर गर्ने व्यापारीले प्रतिस्पर्धा गर्न नसक्दा समस्या भएको गुनासो गरेका थिए ।
त्यस्तै आन्तरिक राजश्व कार्यालय बुटवलमा प्रमुख कर अधिकृत अर्जुन ढकालले ढुवानीमा ट्रेकिङ् प्रणालीले बैध व्यापारलाई प्रोत्साहन गर्ने भएकाले त्यसबाट व्यबसायीहरु बिचलिन हुनु नपर्ने भनाई राख्नुभयो । सुरुसुरुमा व्यबसायीले सिस्टम चलाउन नजानेका कारण केही समस्या भएपनि अन्ततः व्यबसायीकै पक्षमा राम्रो भएको बताउनु भयो । उहाँले करदाताकालागि सजिलोको लागि भएको प्यान लिन कोही पनि डराउनु नपर्ने बताउँदै प्यान नम्वर लिँदा एक रुपैंया पनि पैसा नलाग्ने र प्यान लिएकै कारण एक रुपैंयाँ पनि बढी कर नलाग्ने प्रष्ट पार्नुभयो ।
राजश्व अनुसन्धान कार्यालय बुटवलका राजश्व अनुसन्धान अधिकृत नवराज अधिकारीले राज्यले लागु गरेका ऐन कानुन थाहा पाईन भन्दैमा क्षम्य नहुने बताउँदै कार्यान्वयनमा जानुको विकल्प नरहेको बताउनु भयो । उहाँले ढुवानीमा अनलाई ट्रेकिङ् सिस्टमले बैध व्यापारलाई प्रोत्साहन गर्ने बताउँदै राजश्व चुहावट रोक्नकालागि सरकारले यो सिष्टम ल्याएको जानकारी गराउनु भयो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जीवनप्रसाद ओझा, पूर्व अध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठ, संघका कार्यसमिति सदस्य शुक्र बस्याल, कपडा बस्तुगत समितिका सभापति त्रिबिक्रम श्रेष्ठ, व्यबसायीहरु रामेश्वरप्रसाद कसजु, प्रकाशकुमार श्रेष्ठ लगायतले सिमानाका, ढुवानीमा ट्रेकिङ् प्रणालीका कारण व्यबसायीले भोग्नु परेका समस्या राख्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा उद्योगी व्यबसायीलाई २१ प्रतिशत दायित्व थोपरिँदा व्यबसाय सञ्चालन गर्ने अवस्था नरहेको गुनासो गर्नुभयो ।
संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव दिनेशप्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

≪ Previous Post

आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै

Next Post ≫

नेपाली काँग्रेस सियारीद्वारा सियारी गाउँपालिका घेराउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क