Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0
आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै
80
SHARES
ShareTweet


काठमाडौं, २३ भदौ । आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै छ । नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा वार्ता हुनेछ । परराष्ट्रमन्त्रालयका अनुसार दुईपक्षीय वार्ता पछि दुई पक्षीय प्रतिनिधि मण्डल बीचमा दुई सम्झौतामा हस्ताक्षर हुने छ ।
वार्ताका लागि उत्तरी छिमेकी मुलुक चीनका विदेशमन्त्री वाङ यी हिजो आईतबार साँझ काठमाडौं आइपुग्नु भएको छ ।
नेपालको तीनदिने औपचारिक भ्रमणका लागि विदेशमन्त्री वाङ यी काठमाडौं आउनुभएको हो । विदेशमन्त्री वाङ यीलाई नेपालको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका विदेशमन्त्री वाङ यी नेपाल आउनुभएको हो ।
नेपालमा नेकपाको दुई तिहाइको सरकार बनेपछि चीनको तर्फबाट भएको यो उच्च स्तरीय औपचारिक राजनीतिक भ्रमण हो ।
विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, विदेशमन्त्री वाङ यीले पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ ।

≪ Previous Post

आजको राशिफल ( २३ भदौ २०७६ सोमवार)

Next Post ≫

खुला सिमानाका कारण नेपाली ब्यवसायीहरु मारमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क