बुटवल, २१ भदौ । चौतारी लघुबित्त बित्तीय संस्था बुटवलले बित्तीय साक्षरता कार्यक्रम तथा स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । बित्तिय संस्थामा आबद्ध रहेका करिब १ हजार ७ सय महिलाहरुलाइ बुटवलमा भेला गरि बित्तिय साक्षरताको बारेमा सहजीकरण गरिएको संस्थाले जनाएको छ । महिलाहरुलाई संबृद्धिको मार्गमा लैजान संस्थाले हरेक बर्ष यसप्रकारको कार्यक्रम संचालन गर्दै आइरहेको संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश ५ का सांसद तथा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने माधवले स्थापनाको छोटो अवधिमै बित्तिय संस्थाले गुणात्मक फड्को मारेको भन्दै अन्य संस्थाहरुले पनि यसलाई अनुशरण गर्न सकेमा व्यवहारिक रुपमै आर्थिक संबृद्धिको अभियान कार्यान्वयन हुने धारणा राख्नुभयो । भेलामा सहभागी महिलाहरुलाई विभिन्न विषयका विज्ञहरुले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रशिक्षकहरु रमेश अर्याल, दिनेश खड्का, हरिकृष्ण जोशी, मिनाक्षी न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागि महिलाहरुले आर्थिक सवलीकरणका लागि यसप्रकारको कार्यक्रम कोसेढुंगा हुने अपेक्षा गरेका छन् । सोहि अवसरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा स्वास्थ्यकर्मीहरुले करिब ४ सय जना महिलाको निःशुल्क स्वास्थ्य परिक्षण गरेको संस्थाकी गिता राउतले जानकारी दिनुभयो । त्यसअघि बुटवलमा महिलाहरुले प्रभावतफेरी निकालेका थिए ।
बुटवलको राजमार्ग चौराहाबाट तिलोत्तमाको शान्तिचोकमा रहेको दरबारलनसम्म प्रभातफेरि निकालिएको थियो । संस्थामा ४५ हजार महिला आबद्ध रहेका छन् भने महिलाको संकलित बचत ५० करोड भन्दा बढि रहेको छ । लगानीमा रहेको कर्जा १ अर्ब ६५ करोड रहेको चौतारीको १५ हाल जिल्लामा ७५ओटा शाखा संचालनमा छन् । आरम्भ माइक्रो फाइनान्ससंग मर्जपछि राष्ट्रिय स्तरको लघुबित्त बन्दैछ ।
संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश ५ सांसद थानकुमारी थापा, नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, नेकपाका नेता गोपाल राना, चौतारीका संचालकहरु लेखनाथ पाण्डे, पुष्पराज ढकाल, केशबराज पन्थी, इन्दिरा पन्थी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाइ, संस्थाका सिइओ लक्ष्मण घिमिरे, डा कृष्ण खनाल, प्रशान्त सुबेदी, सरस्वती देवकोटा पाण्डे, बिमल खनाल लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

