बुटवल, २१ भदौ । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यलाई मातृशोक परेको छ । पत्रकार आचार्यकी आमा साबित्रा आचार्यको ६१ वर्षको उमेरमा डेंगुको संक्रमणका कारण शनिबार साँझ करिव ५ बजे लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँलाई अकस्मात ज्वरो आएपछि तीनदिन अगाडी अस्पताल भर्ना गरिएको थियो । लगातार ज्वरो आएपछि परिक्षण गर्दा उहाँमा डेंगुको संक्रमण देखिएको अस्पतालले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको आईसियु कक्षमा उपचाररत उहाँको शरिरमा रगतमा प्लेटलेट्सको मात्रा बढ्न सकेको थिएन । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुर निवासी स्वर्गीय साबित्रा आचार्यको ४ भाई छोरा र २ बहिनी छोरी हुनुहुन्छ । पत्रकार आचार्य जेठो छोरा हुनुहुन्छ ।