Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ डेँगुका विरामीको अवस्था बुझ्न आन्तरिक मामिला मन्त्री अस्पतालमा
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डेँगुका विरामीको अवस्था बुझ्न आन्तरिक मामिला मन्त्री अस्पतालमा

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७६ · 0
डेँगुका विरामीको अवस्था बुझ्न आन्तरिक मामिला मन्त्री अस्पतालमा
80
SHARES
ShareTweet

रुपन्देहीमा ७० जनामा डेंगुको संक्रमण



बुटवल, २१ भदौ । केही दिन यता यस क्षेत्रमा डेंगुको संक्रमण फैलिएको समाचार सार्वजनिक भएपछि प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बुटवल स्थित ५ नम्वर प्रदेश स्तरिय प्रादेशिक अस्पतालमा पुगेर डेंगुका विरामीको अवस्था वुझ्नु भएको छ ।
मन्त्री केसी शनिवार लुम्विनी प्रादेशिक अस्पतालमा गै विरामीको अवस्थाका वारेमा जानकारी लिनु भएको हो । जिल्लामा गत मंगलबार सम्म ४२ जनामा डेंगुको संक्रमण देखिएकोमा शुक्रवारसम्म ७० जना पुगेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा ७० जनामा डेंगुको संक्रमण देखिएको पुष्टि गरेको छ । दिनप्रतिदिन डेंगुका विरामी थपिदै जांदा अस्पतालमा बेडको अभाव देखिएको छ ।
अस्पताल पुग्नु भएका मन्त्री केसीले अस्पतालमा रहेका बिरामीका आफन्तहरु संग उपचारको अवस्था र अस्पतालको सेवाबारे जानकारी लिनु भएको थियो । अस्पालमा रहेका बिरामीका आफन्तले मन्त्री संग बिरामी राख्ने बेडको अभाव रहेकोले एउटै बेडमा ४ जना सम्म बिरामी राखेर उपचार गराउन परेको गुनासो गरेका थिए ।
लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर कृष्ण खनालले बिरामी राख्ने स्थानको अभावमा उपचार प्रभावकारी हुन नसकेको मन्त्री केसीलाई जानकारी गराउनु भएको थियो ।
मन्त्री केसीले बाहिरको अवस्था र बढ्दो बिरामीको चांपलाई हेर्दा माहमारीको खतरा हुन सक्ने भएकोले पुर्व तयारी अपनाउन र सोही अनुसारको ब्यवस्थापन गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।
रुपन्देहीका लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज भैरहवा, क्रिमसन अस्पताल मणिग्राम, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा डेंगु रोगको परीक्षण हुने गरेको छ । संघियता अघिका वर्षहरुमा जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगु नियन्त्रणको अभियान संचालन गर्ने गरेपनि उक्त अधिकार स्थानीय तहले पाएसंगै नियन्त्रणको पहल शुरु नहुदा डेंगुको संक्रमण दिनप्रतिदिन वृद्धि हुदै गएको छ ।

≪ Previous Post

गुराँस अस्पतालमा मेशिनबाट प्यारालाईसिसका विरामीको उपचार

Next Post ≫

वडा अध्यक्ष द्वारा आत्महत्या प्रयास

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क