Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गुराँस अस्पतालमा मेशिनबाट प्यारालाईसिसका विरामीको उपचार
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुराँस अस्पतालमा मेशिनबाट प्यारालाईसिसका विरामीको उपचार

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७६ · 0
गुराँस अस्पतालमा मेशिनबाट प्यारालाईसिसका विरामीको उपचार
60
SHARES
ShareTweet


बुटवल, २१ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्वर १२ स्थित गुराँस हस्पिटल प्रा. लि. ले विश्व फिजियोथेरापी दिवसको पूर्व सन्ध्यामा प्यारालाईसिसका विरामीलाई मेशिनबाट उपचार शुरु गरेको छ । यसै अवसरमा अस्पतालले १०२ जना विरामीलाई मेशिन बाट निःशुल्क फिजियोथेरापी उपचार सेवा प्रदान गरेको छ ।
ओषधी विहिन रुपमा विरामीको उपचार गर्ने उद्देश्यले २०७५ साल बैशाख १ गतदेखि गुराँस हस्पिटल प्रा.लि.सञ्चालनमा आएको हो ।
हस्पिटलले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राकृतिक चिकित्सा फिजियोथेरापी जस्ता औषधिबिहिन उपचार पद्वतिबाट सहज र सर्बशुलभ रुपमा उपचार गर्दै आएको अस्पतालका अध्यक्ष सरस्वती पन्थी भुसालले जानकारी दिनुभयो ।
स्थापनाको एक वर्षको अवधीमा रुपन्देही लगायत देशका विभिन्न ठाउँबाट आएका ३ हजार १७४ जनाको बाहिरंग र १ हजार २६९ जनाको अन्तरंग उपचार सेवा प्रदान गरेको अस्पतालका अध्यक्ष भुसालले बताउनु भयो ।
अस्पतालले उपचारमा आएका ८० प्रतिशत विरामीलाई उपचार गरी निको बनाएको दावि गरेको छ ।
प्राकृतिक चिकित्सा पद्वतिमा अनुभव प्राप्त विशेषज्ञबाट दैनिक रुपमा ४० देखि ५० जना विरामीको उपचार गराउंदै आएको अस्पतालका कार्यकारी निर्देशक नारायण भुसालले बताउनु भयो ।
अस्पतालमा बिशेष गरि हाडजोर्नी, नशा, प्यारालाइसिस, ढाड तथा गर्धनमा नशा च्यापिएका, पेट, छाला, मुटु, स्त्री तथा मानसिक रोगका विरामीको उपचार हुने निर्देशक डा. सुजन कँडेलले बताउनु भयो ।
अस्पतालका फिजियोथेरापी बिभाग प्रमुख डा.सुमन केसीले अस्पतालमा विशेष गरि दीर्घ रोगका विरामी बढी आउने र उनीहरुलाई सर्वसुलभ र प्रभावकारी रुपमा औषधी उपचार हुदै आएको अस्पतालका फिजियोथेरापी बिभाग प्रमुख डा.सुमन केसीले बताउनु भयो ।
अस्पतालले काठमाण्डौ उपत्यका बाहिर बुटवलमा पहिलो पटक शुरु गरेको प्यारालाईसिसका विरामीहरुको उपचारमा प्रभावकारी मानिने बोडी वेट सपोर्ट गेट ट्रेनिङ मेशिनको अस्पतालमा उपचारार्थ भर्ना हुनुभएकी ९३ वर्षीय मोतिकला कार्कीको उपचार गरी शुभारम्भ गरिएको अस्पतालले जनाएको छ ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमा स्थित सामुहिक सहकारीमा एटिएम सेवा शुरु

Next Post ≫

डेँगुका विरामीको अवस्था बुझ्न आन्तरिक मामिला मन्त्री अस्पतालमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क