बुटवल, २१ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्वर १२ स्थित गुराँस हस्पिटल प्रा. लि. ले विश्व फिजियोथेरापी दिवसको पूर्व सन्ध्यामा प्यारालाईसिसका विरामीलाई मेशिनबाट उपचार शुरु गरेको छ । यसै अवसरमा अस्पतालले १०२ जना विरामीलाई मेशिन बाट निःशुल्क फिजियोथेरापी उपचार सेवा प्रदान गरेको छ ।
ओषधी विहिन रुपमा विरामीको उपचार गर्ने उद्देश्यले २०७५ साल बैशाख १ गतदेखि गुराँस हस्पिटल प्रा.लि.सञ्चालनमा आएको हो ।
हस्पिटलले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राकृतिक चिकित्सा फिजियोथेरापी जस्ता औषधिबिहिन उपचार पद्वतिबाट सहज र सर्बशुलभ रुपमा उपचार गर्दै आएको अस्पतालका अध्यक्ष सरस्वती पन्थी भुसालले जानकारी दिनुभयो ।
स्थापनाको एक वर्षको अवधीमा रुपन्देही लगायत देशका विभिन्न ठाउँबाट आएका ३ हजार १७४ जनाको बाहिरंग र १ हजार २६९ जनाको अन्तरंग उपचार सेवा प्रदान गरेको अस्पतालका अध्यक्ष भुसालले बताउनु भयो ।
अस्पतालले उपचारमा आएका ८० प्रतिशत विरामीलाई उपचार गरी निको बनाएको दावि गरेको छ ।
प्राकृतिक चिकित्सा पद्वतिमा अनुभव प्राप्त विशेषज्ञबाट दैनिक रुपमा ४० देखि ५० जना विरामीको उपचार गराउंदै आएको अस्पतालका कार्यकारी निर्देशक नारायण भुसालले बताउनु भयो ।
अस्पतालमा बिशेष गरि हाडजोर्नी, नशा, प्यारालाइसिस, ढाड तथा गर्धनमा नशा च्यापिएका, पेट, छाला, मुटु, स्त्री तथा मानसिक रोगका विरामीको उपचार हुने निर्देशक डा. सुजन कँडेलले बताउनु भयो ।
अस्पतालका फिजियोथेरापी बिभाग प्रमुख डा.सुमन केसीले अस्पतालमा विशेष गरि दीर्घ रोगका विरामी बढी आउने र उनीहरुलाई सर्वसुलभ र प्रभावकारी रुपमा औषधी उपचार हुदै आएको अस्पतालका फिजियोथेरापी बिभाग प्रमुख डा.सुमन केसीले बताउनु भयो ।
अस्पतालले काठमाण्डौ उपत्यका बाहिर बुटवलमा पहिलो पटक शुरु गरेको प्यारालाईसिसका विरामीहरुको उपचारमा प्रभावकारी मानिने बोडी वेट सपोर्ट गेट ट्रेनिङ मेशिनको अस्पतालमा उपचारार्थ भर्ना हुनुभएकी ९३ वर्षीय मोतिकला कार्कीको उपचार गरी शुभारम्भ गरिएको अस्पतालले जनाएको छ ।
