Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको तिलोत्तमा स्थित सामुहिक सहकारीमा एटिएम सेवा शुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको तिलोत्तमा स्थित सामुहिक सहकारीमा एटिएम सेवा शुरु

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७६ · 0
रुपन्देहीको तिलोत्तमा स्थित सामुहिक सहकारीमा एटिएम सेवा शुरु
80
SHARES
ShareTweet

बुटवल, २१ भाद्र
बचत तथा ऋणको मात्र कारोबार गर्न अनुमती पाएका रुपन्देहीका सहकारीले बैंकले प्रदान गर्दै आएको एटीएम सेवा पनि दिन थालेका छन् ।
वित्तीयसँगै प्रविधिको विकासमा फड्को मारिरहेका सहकारीले रुपन्देहीमा एटीएम सेवाको नयाँ अभ्यास शुरू गरेका छन् ।
पाँच नम्बर प्रदेशको राजधानी रूपन्देहीको तिलोत्तमास्थित सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राही र बचतकर्ताको सुविधालाई सहज वनाउन भन्दै एटीएम सेवा शुरू गरेको जनाएको छ ।
सामूहिक विकास सहकारी ५ नम्बर प्रदेशकै पहिलो एटीएम सञ्चालन गर्ने सहकारीका रुपमा परिचित हुन सफल भएको छ ।उक्त सहकारीमा ७ हजार ५५ जना सदस्य छन् । सहकारीको कूल पूँजी २ अर्ब १२ करोड, तथा बचत १ अर्ब ५७ करोड र १ अर्ब ७२ करोड रूपैयाँ ऋण लगानी गरेको जनाएको छ ।
एटीएमसँगै सहकारीकले एप समेत बनाएको छ । एप मार्फत खानेपानी, बिजुली, हवाइजहाज टिकट पनि सहकारीबाट तिर्न र लिन सकिने सहकारीका प्रमुख व्यवस्थापक ईश्वरी मरासनीले बताउनु भयो ।
त्यसैगरी सदस्यका हिसावले प्रदेशमै पहिलोरुपन्देहीकै कोटीहवामा संचालित जनउत्थान बचत तथा क्रृण सहकारी संस्थाले पनि एटिएम सेवा सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै रुपन्देहीको देवदहस्थित कोलीय देवदह सहकारी पनि एटीएम सञ्चालनको तयारीमा छ ।
बढ्दो प्रविधिको माग र आवश्यकतालाई बुझेर सहकारीहरु पनि प्रविधिमैत्री बन्दै गएको सहकारी विज्ञ डा. खगराज शर्माले बताउनु भयो ।
एटिएम संगै पछिल्लो समय सहकारी संस्थाहरू बीच वेबसाइट निर्माण गर्ने, मोबाइल, इ–बैंकिङ लगायत प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रदान गर्ने क्रम समेत चलेको छ । रुपन्देहीमा ७ सय ६० भन्दा बढी सहकारी संस्था संचालनमा रहेका छन् ।

≪ Previous Post

बिपि बिचार राष्ट्रिय समाज रुपन्देही क्षेत्र नम्वर २ मा अर्याल

Next Post ≫

गुराँस अस्पतालमा मेशिनबाट प्यारालाईसिसका विरामीको उपचार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क